Alag Dhar

शीतलहरसँगै धमाधम विद्यालय बन्ध

महोत्तरी । शीतलहरबाट स्थानीयवासी प्रभावित हुन थालेपछि यहाँका स्थानीयतहले धमाधम विद्यालय बिदा दिन थालेका छन् । पुसको पहिलो सातामै सुरु भएको शीतलहर बढ्दै गएपछि जिल्लाका १५ वटै स्थानीय तहले विद्यालयमा बिदा दिने सूचना जारी गरेका हुन् ।

पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले आजदेखि जाडो बिदाको सूचना आइतबार साँझ नै जारी गरेका छन् । सूचना जारी गर्ने स्थानीयतहले एक दिनदेखि पाँच दिनसम्म बिदा रहने जनाएका छन् । बर्दिबास नगर कार्यपालिकाको कार्यालयको शिक्षा शाखाले आज एक दिन मात्र जाडो बिदाको सूचना जारी गरेको छ ।

“भोलि मङ्गलबार तमु ल्होसार पर्वको सार्वजनिक बिदा नै छ, आज र भोलिसम्म मौसम सुध्रिनसक्ने आसले जाडो बिदा एक दिनमात्र भनेका हौँ” शिक्षा शाखा प्रमुख उपसचिव रेवतीप्रसाद पराजुलीले भने, “त्यसपछि मौसमअनुसार फेरि निर्णय गरिने छ ।” अधिकांशले भने तीन र पाँच दिन बिदा दिने जनाएका छन् ।

“अहिले धेरै जाडो बढेको हुँदा शुक्रबारसम्मको बिदा दिने भनेका छौँ, बीचको मौसमअनुसार चाँडै विद्यालय खुल्न पनि सक्छन्” मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले भने । यसअघि जिल्लाका भङ्गाहा, रामगोपालपुर र जलेश्वर नगरपालिकाले भने शीतलहर सुरु भएलगत्तै गत मङ्गलबार नै बिदाको सूचना जारी गरेका थिए ।

बढ्दो जाडोले खासगरी आधारभूत तहका स–साना नानीहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव बढ्नसक्ने हुँदा विद्यालयमा बिदा दिने निर्णय गरिएको भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साहको भनाइ छ ।

“ जाडो बढेको छ, स–साना नानी त विद्यालय आउनै पनि छाडिसकेका छन् , यो अवस्थामा बिदा दिने निर्णय गरियो” उनले भने । स्थानीय तहहरुले यो जाडो बिदा बर्खे बिदामा मिलान गरिने स्पष्ट पारेका छन् । स्थानीयतहले बिदा सूचना अघिपछि जारी गरेपनि जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाका आधारभूत तहका विद्यालयमा गत मङ्गलबारदेखि नै बालबालिका जान छाडेका थिए ।

जिल्लाका करिब सबै भेगमा पछिल्लो एक सातायता बाक्लो हुस्सुले ढाक्दै आएको छ । पछिल्ला पाँच दिनयता झनै चिसो सिरेटो आउन थालेपछि विद्यालय मात्र नभइ हाटबजारको चहलपहल पनि निकै घटेको छ । यो मौसमले खेतीपातीको काम पनि प्रभावित बनाएको किसानले बताएका छन् ।

मुख्य समाचार

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीक...
इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध

अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण...
५०० ले घट्यो सुनको मूल्य

५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० ...
प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.