Alag Dhar

मादुरो दम्पती तुरुन्त रिहा गर्न चीनले अमेरिकालाई दियो चेतावनी

काठमाडौं । चीनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई तत्काल रिहा गर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेको छ।

शनिबार राति अमेरिकाले राष्ट्रपति मादुरो दम्पतीलाई नियन्त्रणमा लिएर अमेरिका लगेपछि बेइजिङले औपचारिक प्रतिक्रिया जनाउँदै उनीहरूको अविलम्ब रिहाइको माग गरेको हो।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार आइतबार परराष्ट्र मन्त्रालयका प्रवक्ताले अमेरिकी सैन्य हस्तक्षेपप्रति विभिन्न देशहरूले आपत्ति जनाएको सन्दर्भमा प्रतिक्रिया दिँदै चीनको धारणा सार्वजनिक गरेका हुन्।

प्रवक्ताले बल प्रयोग गरेर राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लैजानु अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता तथा संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तको स्पष्ट उल्लङ्घन भएको बताएका छन्।

चीनले यस घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै अमेरिकालाई मादुरो दम्पतीको व्यक्तिगत सुरक्षाको पूर्ण सुनिश्चितता गर्न र उनीहरूलाई तत्काल रिहा गर्न आग्रह गरेको छ।

साथै, चीनले भेनेजुएलामा सरकार परिवर्तन गराउने प्रयास तत्काल रोक्न र उत्पन्न समस्याहरू संवाद तथा वार्तामार्फत् समाधान गर्न आह्वान गरेको छ।

मुख्य समाचार

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

मकवानपुर । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकल...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

काठमाण्डौं । आज सुनको भाउ तोलामा सामान्य घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएक...
कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा २ जनाको मृत्यु

कञ्चनपुरको इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा २ जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् । पुनर्वास नगरपालिका–...
हावाहुरीसहित वर्षा गराउने प्रणाली सक्रिय, देशभर प्रभाव पर्ने संकेत

हावाहुरीसहित वर्षा गराउने प्रणाली सक्रिय, देशभर प्रभाव पर्ने संकेत

काठमाडौं । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली सुदूरपश्चिम प्रदेशबाट क्रमशस् पूर्वतिर सरिरहेको जल तथा मौसम विज्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.