Alag Dhar

Day: २०८२ पुष २०, आईतवार ११:४१

मादुरो दम्पती तुरुन्त रिहा गर्न चीनले अमेरिकालाई दियो चेतावनी

मादुरो दम्पती तुरुन्त रिहा गर्न चीनले अमेरिकालाई दियो चेतावनी

काठमाडौं । चीनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई तत्काल रिहा गर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेको छ। शनिबार राति अमेरिकाले राष्ट्रपति मादुरो दम्पतीलाई नियन्त्रणमा लिएर अमेरिका लगेपछि बेइजिङले औपचारिक प्रतिक्रिया जनाउँदै उनीहरूको अविलम्ब रिहाइको माग गरेको हो। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार आइतबार परराष्ट्र मन्त्रालयका प्रवक्ताले अमेरिकी सैन्य हस्तक्षेपप्रति विभिन्न देशहरूले आपत्ति जनाएको सन्दर्भमा प्रतिक्रिया दिँदै चीनको धारणा सार्वजनिक गरेका हुन्। प्रवक्ताले बल प्रयोग गरेर राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लैजानु अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता तथा संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तको स्पष्ट उल्लङ्घन भएको बताएका छन्। चीनले यस घटनाप्रति गम्भीर चासो…
Read More
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

मकवानपुर । सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा २ हजार १ सय रुपैयाँले घटेर तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँमा थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर आज तोलाको ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको ४ हजार ५ सय २५ रुपैयाँ थियो ।
Read More
वर्षाको अद्यावधिक आकलनः अझै पनि कम वर्षा हुने

वर्षाको अद्यावधिक आकलनः अझै पनि कम वर्षा हुने

मकवानपुर । जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आकलन सार्वजनिक गरेको छ। सार्वजनिक आकलनअनुसार यही पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार गत डिसेम्बरमा पनि सरदरभन्दा कम वर्षा भएको थियो। आउँदा दिनमा पनि कम वर्षाको आकलन गरिएको उनले बताए। यही पुस १७ गतेदेखि फागुन १६ गतेको दुई महिना अवधिमा देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने बताउँदै उनले सुदूरपश्चिम, कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर–पश्चिमी भूभागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको…
Read More
धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगञ्ज तनावग्रस्त, ५ राउण्ड अश्रुग्यास प्रहार

धनुषामा मस्जिद तोडफोडको विरोधमा वीरगञ्ज तनावग्रस्त, ५ राउण्ड अश्रुग्यास प्रहार

वीरगञ्ज । धनुषामा मस्जिदमा तोडफोड र कुरान जलाएको घटनाको विरोधमा आइतबार वीरगञ्जमा भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। धनुषाको कमला नगरपालिकामा शनिबार भएको घटनाको विरोधमा वीरगञ्जका मुस्लिम समुदायले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै छपकैया प्रहरी बिटमा तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। भीडलाई तितरबितर पार्न र स्थिति नियन्त्रणमा लिन प्रहरीले जवाफी कारबाही गरेको हो। पर्सा प्रहरीका डीएसपी राजु कार्कीका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्न थालेपछि ५ राउण्ड अश्रुग्यास प्रहार गरिएको हो। प्रहरीको कारबाहीपछि अहिले भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। वीरगञ्जको घण्टाघर, छपकैया लगायतका स्थानमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.