Alag Dhar

पोषण प्याकेजले मातृ स्वास्थ्यप्रति बढाउँदै सचेतना

लहान । लहान नगरपालिकामा विगत वर्षदेखि नै प्रत्येक महिनाको २२ गते वितरण गर्ने सुत्केरी तथा गर्भवति महिलाको स्वास्थ्य अवस्थामा सुधार र स्वस्थ्य शिशु जन्माउने उद्देश्यले वितरण गरिरहेको पोषण प्याकेज प्रभावकारी हुँदै जान थालेको छ ।

लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर चौधरीको अनुसार मातृ स्वास्थ्य अन्तर्गत लहान नगरपालिका स्वास्थ्य संयोजक समेत रहनुभएको नगरप्रमुख महेशप्रसाद चौधरी निर्वाचित भएर आएपछि वितरण गर्न थालिएको पोषण प्याकेज कार्यक्रम सुरुमा प्रचारात्मक मात्रै भएको बुझिएका घर परिवार समाज र सुत्केरी तथा भर्ववति महिलाले समेत चासो लिन थालेको सुनाउनुभयो ।

‘‘सुरुमा अरुचि राख्नेहरु अब यस कार्यक्रममा जोडिएर सचेत हुन थालेका छन् । कार्यक्रमलाई प्रभावकारी बनाउन महिला स्वयमसेविकाहरुको भूमिका राम्रो छ’’ उहाँले भन्नुभयो ।

गर्भवति भएपछि नै नियमित जाँच गराउनु पर्ने, गर्भधारण गरेपछि नियमित स्वास्थ्य चौकीमा आइ जँचाउने आइरन चक्की लिइने गर्भमा बच्चाको अवस्था कस्तो रहेको लगायतको सेवासँग जोडन लहान नगरपालिकाले १० किलो चामल, एक किलो दाल, दुई किलो गेडागुडी, एक लिटर तेल र एक किलो नुनको प्याकेज बनाएर लहान नगरपालिकाले वितरण गर्दैआएको छ ।

कार्यक्रमबाट निकै लाभान्वित र प्रभावित भएको पोषण प्याकेज लिन आएका महिलाले बताउनुभयो । अब गर्भवति र सुत्केरी महिलाहरु स्वास्थ्य चौकीसम्म मात्रै आउने गरेको छैन मोवाइल नम्बरमका समेत स्वस्थ्य मातृत्वको लागि सल्लाह लिन थालिएको श्वास्थ्य शाखाका वरिष्ट महिला अनमि रिता यादवले बताउनुभयो ।

मुख्य समाचार

हेटौँडामा पनि मनाइयो पुष्पलालको ४८औँ स्मृति दिवस

हेटौँडामा पनि मनाइयो पुष्पलालको ४८औँ स्मृति दिवस

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवस बिहीबार हेटौँडामा पनि मनाइएक...
रविना गोले बने सिद्धार्थ माविको अध्यक्ष

रविना गोले बने सिद्धार्थ माविको अध्यक्ष

मकवानपुर । हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा रविना गोले सर्वसम्मत निर्वाचित हुनुभएको छ । ...
मनसुनजन्य विपद्प्रति उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

मनसुनजन्य विपद्प्रति उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाण्डौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी, पहिरो, कटान, डुबान, चट्याङ तथा सर्पदं...
आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

काठमाण्डौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा चलिरहेको त्रिदेशीय शृङ्खलामा नेपालले आज घरेलु टोली नेदरल्यान्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.