Alag Dhar

मनसुनजन्य विपद्प्रति उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाण्डौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी, पहिरो, कटान, डुबान, चट्याङ तथा सर्पदंशजस्ता विपद्को जोखिम उच्च रहने भएकाले विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्राधिकरणले जनधनको सुरक्षाका लागि पूर्वसावधानी अपनाउन आग्रह गर्दै यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ। साथै,वर्षा याममा यात्रा गर्दा विशेष सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

प्राधिकरणका अनुसार ठूलो वर्षा भएका बेला सकेसम्म रातिको समयमा यात्रा नगर्न, बाढी आएका बेला खोला, खोल्सा तथा नदी तर्ने प्रयास नगर्न अनुरोध गरिएको छ। वर्षा भइरहेको समयमा काठ-दाउरा सङ्कलन गर्न, माछा मार्न वा पौडी खेल्न खोला तथा नदीमा नजान पनि सचेत गराइएको छ।

त्यस्तै, पहिरोको जोखिम भएका क्षेत्र वरपर अनावश्यक आवतजावत नगर्न,जोखिमयुक्त पुल तथा खोलाको किनारामा उभिएर फोटो वा भिडियो नखिच्न र पैदलयात्रा तथा ‘हाइकिङ’मा सकेसम्म एक्लै नजान प्राधिकरणले आग्रह गरेको छ। विपद्को सङ्केत देखिएमा तत्काल सुरक्षित स्थानमा जानुका साथै स्थानीय प्रशासन तथा सुरक्षाकर्मीलाई सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

प्राधिकरणले घर वरिपरिका ढल तथा नाली सफा राख्न,बर्खा याममा सर्पदंशको जोखिम बढी हुने भएकाले घर आँगन सफा राख्न तथा रातिको समयमा बाहिर निस्कँदा टर्चलाइट प्रयोग गर्न सुझाव दिएको छ। चट्याङ पर्ने सम्भावना देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान,महत्त्वपूर्ण कागजात, अत्यावश्यक औषधि तथा नबिग्रने खानेकुरा एउटै झोलामा सुरक्षित राख्न र मोबाइल फोनमा पर्याप्त ब्याट्री चार्ज तथा ब्यालेन्स राख्न पनि आग्रह गरिएको छ।

यसै गरी, अफवाहको पछि नलाग्न,आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न तथा मौसम र विपद्सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्न र हेर्न प्राधिकरणले अनुरोध गरेको छ।

विपद्सम्बन्धी सूचना तथा उद्धारका लागि १२३४, १०० र १११४ तथा मौसमसम्बन्धी जानकारीका लागि ११५५ नम्बरमा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ । यस वर्षको मनसुन गत असार ५ गतेदेखि सुरु भइसकेको छ। मनसुनजन्य विपद्का कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वसावधानी अपनाउन प्राधिकरणले निरन्तर आग्रह गर्दै आएको छ।

यसैबीच,पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्का घटना भएका छन्। प्राधिकरणका अनुसार ती घटनाबाट करिब १३ लाख १० हजार बराबरको अनुमानित क्षति भएको छ।

विपद्का घटनामा परी तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। साउन ५ गते बिहानदेखि साउन ६ गते बिहानसम्म सर्पदंश र आगलागीका आठ(आठ वटा,पहिरोका १४, अविरल वर्षाका आठ, बाढीका दुई,जनावरको आक्रमणका तीन तथा हावाहुरीको एक घटना भएको प्राधिकरणले जनाएको छ।

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.