Alag Dhar

कारोबारसँगै घट्यो सेयर बजार

मकवानपुर । बुधबार सेयर बजारको परिसूचक नेप्से १३.३५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६३५ अंकमा कायम भएको छ । अघिल्लो दिन २६४९ अंकमा थियो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ५ अर्ब १७ करोडमा खुम्चियो । कुल ६२ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने १० को स्थिर रह्यो ।

यस दिन फाइनान्समा समूह ०.२१ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह स्थिर रह्यो ।

त्यस्तै बैंकिङ ०.२४, विकास बैंक ०.८४, होटल तथा पर्यटन १।४२, हाइड्रोपावर ०।७९, लगानी ०.५४, जीवन बीमा ०.०७, उत्पादन तथा प्रशोधन १.१६, माइक्रोफाइनान्स ०.४, निर्जीवन बीमा ०.६० तथा अन्य समूह ०.५३ प्रतिशत घटे ।

नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.०८ प्रतिशत बढ्यो । त्यस्तै फस्र्ट माइक्रोफाइनान्सको ३.३५, शुभम् पावरको २।६७, सयपत्री हाइड्रोपावरको २.६३, मञ्जुश्री फाइनान्सको २।५६ प्रतिशत मूल्य बढ्यो ।

एसवाई प्यानलको मूल्य सबैभन्दा धेरै ८.४५ प्रतिशत घट्यो । जीवन विकास लघुवित्तको ६.५९, विन नेपाल लघुवित्तको ५.५३, ट्रेड टावरको ४.६४, दरामखोला हाइड्रोपावरको ४.१३ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा एसवाई प्यानल, श्रीनगर एग्रिटेक, मञ्जुश्री फाइनान्स, शिवम् सिमेन्ट र सागर डिस्टिलरी छन् ।

मुख्य समाचार

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

रोल्पामा जीप दुर्घटना, मृतकको संख्या २० पुग्यो

हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँ...
सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

सामाजिक सुरक्षा विस्तारमा भीमफेदी अगाडि, ११६ जना लाभान्वित

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा ...
कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.