Alag Dhar

मकवानपुर र चितवनका चेपाङ समुदायका तीन जना समानुपातिक सूचीमा

मकवानपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक प्रणालीतर्फ सीमान्तकृत चेपाङ समुदायका तीन जना उम्मेदवार विभिन्न राजनीतिक दलको बन्दसूचीमा समेटिएका छन्।

संविधान सभा सदस्य एवं नेपाल चेपाङ सङ्घका अध्यक्ष गोविन्दराम चेपाङका अनुसार मकवानपुरका एक र चितवनका दुई जना गरी तीन जना चेपाङ समुदायका व्यक्तिहरू प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचीमा परेका हुन्।

नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नवगठित गतिशील लोकतान्त्रिक पार्टीले एक–एक जना चेपाङ समुदायका उम्मेदवारलाई बन्दसूचीमा राखेका छन्। नेकपाबाट मकवानपुरको साबिक हाँडीखोला गाविस, हाल मनहरी गाउँपालिका–३ सिद्धकालीका मङ्गलसिंह चेपाङ प्रतिनिधि सभा समानुपातिक सूचीमा समेटिनुभएको छ।

त्यस्तै एमालेबाट चितवनको कालिका नगरपालिका– शक्तिखोरका सन्तबहादुर चेपाङ सूचीमा पर्नुभएको छ भने गतिशील लोकतान्त्रिक पार्टीले चितवनको राप्ती नगरपालिका– कोराकका विश्वास चेपाङलाई समानुपातिक सूचीमा राखेको छ।

२०६४ सालको संविधान सभा निर्वाचनमा एमालेबाट मकवानपुरका गोविन्दराम चेपाङ र तत्कालीन माओवादीबाट गोरखाकी माया चेपाङ संविधान सभा सदस्य बन्नुभएको थियो। यसैगरी नेपाली कांग्रेसबाट मकवानपुरका सन्तबहादुर प्रजा प्रदेश सभा सदस्य हुँदै बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारीमा पुग्नुभएको थियो।

मुख्य समाचार

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए

काठमाण्डाै । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबह...
सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले बढ्यो

सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले बढ्यो

काठमाण्डौ ।  आज बुधबार सुनचाँदीको भाउ बढेको छ । सुन आज एकैदिन तोलामा ५ हजार ४०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको दुई ला...
बागमतीमा सत्ता परिवर्तनको खेल, एमाले आज सरकारबाट अलग हुँदै

बागमतीमा सत्ता परिवर्तनको खेल, एमाले आज सरकारबाट अलग हुँदै

हेटौंडा । बागमती प्रदेशमा करिब दुई वर्षदेखि कायम कांग्रेस–एमाले सत्ता समीकरण अन्त्य हुने भएको छ। नेकपा एमालेले आज सरकारबाट आफ्ना...
पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ।  अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.