Alag Dhar

एकता सभालाई सम्बोधन गर्न प्रचण्ड र नेपाल रुकुमपश्चिम आउनुहुने

रुकुमपश्चिम । पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल रुकुमपश्चिम आउनुहुने भएको छ । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० रुकुमपश्चिमले पुस २६ गतेका दिन मुसीकोट नगरपालिका –१ मा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्न उहाँहरु रुकुमपश्चिम आउनुहुने भएको हो ।

एकता सन्देश सभा बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेकपा रुकुमपश्चिमका इन्चार्ज बसन्तकुमार शर्माले पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको बताउनुभयो । अन्य नेताहरुको समेत उपस्थिति हुने उहाँको भनाइ छ ।

शर्माका अनुसार बामघटक दलहरुको बृहत एकतापछि जिल्लामा पहिलो पटक हुने विशाल सभाको तयारी तीव्र रुपमा भइरहेको छ । उहाँले सभामा दस हजार बढी कार्यकर्ताहरु सहभागी हुने गरी तयारी भइरहेको बताउनुभयो । जसका लागि वडास्तरबाटै तयारी र प्रचारको काम भइरहेको उहाँको भनाइ छ ।

जिल्ला इन्चार्ज शर्माले बामपन्थी एकताको पक्षमा रुकुमको ऐक्यबद्धता देखाउन, पार्टीको धारण जनतामास स्पष्ट पार्न र आगामी प्रतिनिधि सभाको चुनाव लक्षित पार्टीको धारणा सार्वजनिक गर्न सभा आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा उहाँले तत्कालीन माओवादी केन्द्रका नेता जनार्दन शर्माले आम जनता र कम्युनिष्ट आन्दोलनलाई धोका दिएर एकता प्रक्रियाबाट पन्छिएकाले रुकुम जिल्ला व्यक्तिभन्दा विचारकै पक्षमा उभिएको सन्देश प्रवाह हुने जनाउनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले रुकुमको कम्युनिष्ट आन्दोलनलाई देश भित्र र बाहिरबाट चासो पूर्वक हेरिएको र रुकुम कम्युनिष्टकै किल्ला रहेको साबित दाबी गर्नुभयो । नेता गोपाल शर्मालाई प्रतिनिधि सभाको उम्मेदवार बनाएर कम्युनिष्ट एकताको पहिलो सन्देश दिइसकेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्यमा नेकपाबाट एकल रुपमा सिफारिस हुनुभएका गोपाल शर्माले विगतको विरासत जोगाउन नेकपा सफल हुने बताउनुभयो । उहाँले जिल्लाका सर्वमान्य नेता जनार्दन शर्माले पार्टी छोडेपछि विकल्पमा जानु परेको र उक्त जिम्मेवारी आफूले ग्रहण गरेको उल्लेख गर्नुभयो ।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.