Alag Dhar

Day: २०८२ पुष २४, बिहीबार ०९:२६

धमाधम छापिँदैछ नमुना मतपत्र

धमाधम छापिँदैछ नमुना मतपत्र

काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइको काम धमाधम भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ । जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचनको नमुना मत्रपत्र छपाइ सुरु भएको छ । आयोगका अनुसार १० लाख नमुना मतपत्र छपाइ हुनेछ । जनक शिक्षाका अनुसार करिब २ करोड ८ लाख समानुपातिक पत्रपत्र छपाइ हुनेछ । समानुपातिकतर्फको लागि ६४ वटा दलले बन्दसूची बुझाएका छन् । यसमध्ये १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्दैछन् । यसकारण समानुपातिकको मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह हुनेछ ।
Read More
एकता सभालाई सम्बोधन गर्न प्रचण्ड र नेपाल रुकुमपश्चिम आउनुहुने

एकता सभालाई सम्बोधन गर्न प्रचण्ड र नेपाल रुकुमपश्चिम आउनुहुने

रुकुमपश्चिम । पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल रुकुमपश्चिम आउनुहुने भएको छ । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० रुकुमपश्चिमले पुस २६ गतेका दिन मुसीकोट नगरपालिका –१ मा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्न उहाँहरु रुकुमपश्चिम आउनुहुने भएको हो । एकता सन्देश सभा बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेकपा रुकुमपश्चिमका इन्चार्ज बसन्तकुमार शर्माले पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको बताउनुभयो । अन्य नेताहरुको समेत उपस्थिति हुने उहाँको भनाइ छ । शर्माका अनुसार बामघटक दलहरुको बृहत एकतापछि जिल्लामा पहिलो पटक हुने विशाल सभाको तयारी तीव्र रुपमा भइरहेको छ । उहाँले सभामा दस…
Read More
आगामी  निर्वाचनका लागि  मकवानपुरमा  एक हजार ८६० जना निर्वाचन प्रहरी आवस्यक

आगामी निर्वाचनका लागि मकवानपुरमा एक हजार ८६० जना निर्वाचन प्रहरी आवस्यक

मकवानपुर । सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो । मकवानपुर जिल्लामा निर्वाचनका लागि एक हजार ८६० जना निर्वाचन प्रहरी आवस्यक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताए । आवस्यक निर्वाचन प्रहरीका लागि यही पुस २५ गतेबाट आवेदन लिइने उनले बताए । भर्नाका लागि माघ १ गतेसम्म दर्खास्त दिन सकिनेछ । बिदाको दिन पनि दर्खास्त लिइने सूचनामा उल्लेख छ । निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मी एवं पूर्ववन रक्षक, पछिल्लोपटक विभिन्न सुरक्षा निकायको भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूलाई प्राथमिकता…
Read More
एमाले कालीकोटबाट शाही सिफारिस

एमाले कालीकोटबाट शाही सिफारिस

कालीकोट । नेकपा एमाले कालीकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । यसअघि काठमाडौँमा गरिएको सिफारिसमा विवाद भएपछि जिल्लामा पुनः बसेको जिल्ला कमिटीको बैठकले केन्द्रीय सदस्य नगिन्द्र शाहीको नाम एकल रूपमा सिफारिस गरेको हो । उम्मेदवारका लागि १२ जनाले दाबी प्रस्तुत गरेका थिए । काठमाडौँमा तीन दिनसम्म छलफल भए पनि सहमति जुट्न नसकेपछि जिल्ला अध्यक्ष तुलाराज मल्लले शाहीसहित तीन जनाको नाम सिफारिस गरेका थिए । अध्यक्षलाई अधिकार दिइएको भनिए पनि आकाङ्क्षी केन्द्रीय सदस्य मिनबहादुर शाही, इन्दिरा सज्याल, नेता कासिँचन्द बराल र रमेश शाहीले त्यसको विरोध जनाएका थिए । विरोधपछि उम्मेदवार सिफारिसको निर्णय…
Read More
शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका-३ साँखु जहरसिंहपौवास्थित सडकमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । बुधबार चार जनाको मृत्यु भएकामा आज थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सबैको सनाखत भएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् । नेपालगञ्जको कोहलपुर नगरपालिका-५ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा-५ घर भई हाल बूढानीलकण्ठ-७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बू, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता, पाँचथर घर हाल गोठाटार…
Read More
आज तोलामा दुई हजार रूपयाँ घट्यो सुनको भाउ

आज तोलामा दुई हजार रूपयाँ घट्यो सुनको भाउ

मकवानपुर । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ बिहीबार प्रतितोला दुई हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६५ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा चार हजार नौ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार आठ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस…
Read More
चुनावका लागि निर्वाचन प्रहरीमा  भर्ना खुल्यो

चुनावका लागि निर्वाचन प्रहरीमा भर्ना खुल्यो

मकवानपुर । फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन प्रहरीको भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जनाको लागि भर्ना खुलाएको हो । निर्वाचन प्रहरीमा भर्ना हुनका लागि भोलिदेखि माघ १ गतेसम्म आवेदन दिन सकिनेछ । १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले प्राथमिकता पाउनेछन् । फौजदारी कसुरमा सजाय पाई नैतिक पतन नभएको तथा कुनै राजनीतिक दलको सदस्य नरहेको मापदण्ड तोकिएको छ…
Read More
मकवानपुर-१ बाट कंसाकारले चुनाव लड्ने घोषणा

मकवानपुर-१ बाट कंसाकारले चुनाव लड्ने घोषणा

मकवानपुर ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसांसद विन्दवासिनी कंसाकारले मकवानपुर-१ बाट चुनाव लड्ने घोषणा गरेकी छिन्। सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै उनले आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर–१ बाट प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेकी हुन्। ‘आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारीको घोषणा गरेको छु। यस ऐतिहासिक यात्रामा तपाई सम्पूर्णको साथ, समर्थन र अमूल्य मतको अपेक्षा गर्दछु,’ कंसाकारले सामाजिक सञ्जालमा लेखेकी छिन्। उनी २०७९ को प्रतिनिधि सभामा मकवानपुरबाट समानुपातिक सांसद निर्वाचित भएकी थिइन्। यो पटक समानुपातिकतर्फ सिफारिसमा नपरेकी कंसाकारले प्रत्यक्षतर्फ निर्वाचनमा होमिने तयारी गरेकी…
Read More
अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलरको मूल्य, कति पुग्योर?

अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलरको मूल्य, कति पुग्योर?

मकवानपुर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ। बुधबार यसको भाउ एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा थियो। यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा तोकिएको छ। बुधबार यसको भाउ एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा थियो। अस्ट्रेलिनय डलर एकको खरिददर ९६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा तोकिएको छ। बुधबार यसको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.