Alag Dhar

भारत जाने खेलाडीको बिदाइ

मकवानपुर । भारत आसामको गुवाहाटीमा हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला फुलकन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरिएको छ । हेटौँडा फुलकन्ट्याक्ट क्योकुसिन करातेका ८ खेलाडीलाई बिहीबार एक कार्यक्रमबिच बिदाइ गरिएको हो ।

मकवानपुर जिल्ला खेलकुद विकास समिति तथा हेटौँडा उपमहानगरपालिका–१८ नम्बर वडा कार्यालयले संयुक्त रूपमा खेलाडीलाई बिदाइ गरेको हो । प्रतियोगितामा सहभागी खेलाडीमा रोहित थापा, रिदम थापा, ज्योति लुङ्बा, सबिना आले, रेश्मा थापा र शशि प्रसाद बिक रहेका छन् । त्यस्तै, रेफ्रीका रूपमा सीता श्रेष्ठ र अमृत सुनार रहने छन् ।

गुवाहाटीमा हुने उक्त प्रतियोगिता पुस २६ र २७ गते दुई दिनसम्म सञ्चालन हुनेछ । खेलाडीलाई बिदाइ गर्दै वडा अध्यक्ष अनिल बानियाँ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राज मुक्तान, समितिका पूर्व अध्यक्ष सानू लामा, क्योकुसिन संघ मकवानपुरका अध्यक्ष बुद्धिनाथ न्यौपाने, मुख्य प्रशिक्षक विष्णु श्रेष्ठले खेलाडीलाई सफलताको शुभकामना दिनुभएको थियो ।

मुख्य समाचार

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चाइना क्वाटरमा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । बागमती प्रदेश प्रहरी कार...
अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.