Alag Dhar

Day: २०८२ पुष २५, शुक्रबार ०९:४८

चीन भ्रमणपछि कोरियाली राष्ट्रपति जापान जाँदै

चीन भ्रमणपछि कोरियाली राष्ट्रपति जापान जाँदै

मकवानपुर । चीन भ्रमण सकेर फर्किनुभएका दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले जापानका प्रधानमन्त्री साने ताकाइचीसँग वार्ता गर्न आगामी हप्ता जापान भ्रमण गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयका अनुसार उहाँ मङ्गलबार र बुधबार प्रधानमन्त्री ताकाइचीको गृहनगर नारा पुग्नुहुनेछ । यो भ्रमण ताइवान वरपर चीनले हालै गरेको ठूला सैन्य अभ्यास र उत्तर कोरियाले जापान सागरमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको संवेदनशील पृष्ठभूमिमा हुन लागेको हो । सन् २०२५ मा पदभार सम्हाल्नु भएका राष्ट्रपति ली र प्रधानमन्त्री ताकाइची अन्तिम पटक अक्टोबरमा दक्षिण कोरियाको ग्योङ्जुमा आयोजित एपेक शिखर सम्मेलनको अवसरमा भेट्नुभएको थियो । गत अगस्टमा प्रधानमन्त्री ताकाइचीका पूर्ववर्ती सिगेरु इसिबासँग भेट गरेपछि…
Read More
गैँडाकोट महोत्सव आजदेखि

गैँडाकोट महोत्सव आजदेखि

नवलपरासी । चौथो संस्करणको गैँडाकोट महोत्सव एवं व्यापार मेलाको तयारी पूरा भएको छ । माघ १० गतेसम्म नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवको उद्घाटन आज दिउँसो नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्दै छन्। महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष एवं महोत्सव मूल समिति संयोजक छवि कँडेलले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले महोत्सवस्थलमा स्टल निर्माण, मञ्च निर्माण, बाल उद्यान, कृषि परिसर निर्माणसहित सुरक्षा प्रबन्ध तथा अन्य काम सकिएको बताए । कँडेलले यस संस्करणको महोत्सवस्थलमा जलपरी, फिस टनेल, ओपेरा हाउस विशेष आकर्षणको रुपमा निर्माण गरिएको जानकारी दिए । महोत्सव…
Read More
अब गुगल अनुवादमा तामाङ भाषा

अब गुगल अनुवादमा तामाङ भाषा

मकवानपुर । तामाङ भाषालाई गुगल अनुवादमा लैजाने काम धमाधम भइरहेको छ। यही फागुनसम्ममा गुगल अनुवादमा लैजाने तयारीका साथ काम भइरहेको तामाङ अनुवाद टोलीका संयोजक एवं तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष अमृत योञ्जन तामाङले जानकारी दिएका छन्। बिहिबार पत्रकारहरुको अन्तरकृयामा तामाङलेएक लाख वाक्य गुगलमा प्रवेस गराउने लक्ष्यसहित काम भइरहेको र हाल सम्म ५० हजार तामाङ वाक्यहरुले प्रवेश पाइसकेको जनाए। उनका अनुसार आउँदो फागुनसम्ममा गुगल अनुवाद प्रणालीमा लैजाने प्रयास भइरहेको हो। काठमाडौं विश्वविद्यालय र तामाङ राष्ट्रिय पुस्तकालयको संयुक्त पहलमा काठमाडौं विश्वविद्यालयप्राविधिक टोली र तामाङ अनुवादक टोलीले अहिले काम गरिरहेको छ। गुगल रिसर्चका लागि ‘गुगल त्रैभाषिक मिसिन अनुवाद परियोजना’को प्रारम्भिक उद्घाटन पुस ११ गते…
Read More
झापामा पुलमा बम राखेर आतङ्क फैलाउने एकजना पक्राउ

झापामा पुलमा बम राखेर आतङ्क फैलाउने एकजना पक्राउ

मकवानपुर । झापाको कनकाई नगरपालिका ४ कोटीहवन माईपुलमा प्रेसर कुकर बम राखेर आतङ्क फैलाउने एक जना पक्राउ परेका छन् । झापाको कन्काई –४ स्थित कन्काई पुलनजिक पुस १९ गते बिहान बम राखेर आतङ्क फैलाउने झापाको कन्काई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल (सञ्जय)पक्राउ परेका हुन् । उनी जिल्ला प्रहरी कार्यालय सुनसरी झुम्का काराकारबाट फरार कैदी समेत भएको पाइएको छ । उनलाई जिल्ला प्रहरी कार्यलय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्गमा पर्ने माईखोला पुलनजिक सडकको उत्तरी भागमा फेला परेको शंकास्पद वस्तु अरीदमन गणस्थित नेपाली सेनाले त्यतिबेला निष्क्रिय पारेको थियो । प्रेसर कुकर बमसँगै सनातन सुरक्षा सेना नेपालको…
Read More
सुदूरपश्चिममा ३५२ कैदीबन्दी अझै फरार

सुदूरपश्चिममा ३५२ कैदीबन्दी अझै फरार

धनगढी । सुदूरपश्चिम प्रदेशमा साढे तीन सय कैदीबन्दी फरार रहेको पाइएको छ । २४ भदौको जेनजी आन्दोलनको बलमा विभिन्न कारागारबाट भागेकामध्ये ३५२ जना कैदीबन्दी पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार तीन सय ३३ पुरुष र १९ महिला गरेर तीन सय ५२ जनाप्रतिवादी अहिलेसम्म पक्राउ परेका छैनन् । सबैभन्दा धेरै कैलाली कारागारबाट भागेका २२९ जना कैदीबन्दी बाहिरै छन् । कञ्चनपुर कारागारबाट भागेका ९७ जना, बाल सुधार गृह डोटी र बझाङ कारागारका १२/१२ जना, दार्चुला कारागारका ६ जना, डडेल्धुरा कारागारका ५ जना र बैतडी कारागारका एक जना कैदीबन्दी फरार अवस्थामा रहेको प्रहरीले जनाएको छ…
Read More
आज सुनको भाउ बढ्यो, चाँदी घट्यो

आज सुनको भाउ बढ्यो, चाँदी घट्यो

मकवानपुर । शुक्रबार सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६५ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ घटेको छ । प्रतितोला ५५ रुपैयाँले चाँदीको भाउ घटेको हो । अघिल्लो दिन तोलाको ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँ कायम भएको छ ।…
Read More
भारत जाने खेलाडीको बिदाइ

भारत जाने खेलाडीको बिदाइ

मकवानपुर । भारत आसामको गुवाहाटीमा हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला फुलकन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरिएको छ । हेटौँडा फुलकन्ट्याक्ट क्योकुसिन करातेका ८ खेलाडीलाई बिहीबार एक कार्यक्रमबिच बिदाइ गरिएको हो । मकवानपुर जिल्ला खेलकुद विकास समिति तथा हेटौँडा उपमहानगरपालिका–१८ नम्बर वडा कार्यालयले संयुक्त रूपमा खेलाडीलाई बिदाइ गरेको हो । प्रतियोगितामा सहभागी खेलाडीमा रोहित थापा, रिदम थापा, ज्योति लुङ्बा, सबिना आले, रेश्मा थापा र शशि प्रसाद बिक रहेका छन् । त्यस्तै, रेफ्रीका रूपमा सीता श्रेष्ठ र अमृत सुनार रहने छन् । गुवाहाटीमा हुने उक्त प्रतियोगिता पुस २६ र २७ गते दुई दिनसम्म सञ्चालन हुनेछ । खेलाडीलाई बिदाइ गर्दै वडा अध्यक्ष…
Read More
मेची राजमार्गमा सडक र विद्युत ६ घण्टा बन्द

मेची राजमार्गमा सडक र विद्युत ६ घण्टा बन्द

फुङलिङ । मेची राजमार्गअन्तर्गत बहानन्दे काबेली सडकखण्ड र विद्युत सेवा शुक्रबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । आगामी पुस २८ गतेसम्म चार दिनका लागि उक्त सडक खण्डमा साना तथा ठुला सबै सवारी साधन अवरुद्ध हुने भएको हो । मेची राजमार्गअन्तर्गतको काबेली–बहानन्देसम्मको साँघुरो सडकको स्तरोन्नति गर्ने कार्य शुक्रबारबाट सुरु हुने भएकाले दैनिक ६ घण्टा सडक तथा विद्युत सेवा अवरुद्ध हुने निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनले जनाएको छ । कम्पनीका अनुसार दैनिक बिहान ८ देखि दिउँसो २ बजेसम्म सडक तथा विद्युत सेवा अवरुद्ध हुने भएको हो । निर्माण कार्य अवधि भरि अति आवश्यक कार्यका लागि वैकल्पिक मार्गको सडक प्रयोग गरी सवारी…
Read More
बढ्यो अमेरिकी डलरको मूल्य

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर उच्च बिन्दुमा पुगेको छ । आज (शुक्रबार) अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ । विहीबार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा थियो । आज युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ २९ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०५ पैसा…
Read More
घुम्ती–चिसापानी सडक कालोपत्रे

घुम्ती–चिसापानी सडक कालोपत्रे

स्याङ्जा । सडक कालोपत्रे गर्नुपर्ने समय नाघेको एक वर्र्षपश्चात् घुम्ती–चिसापानी सडक कालोपत्रे गर्ने कामले तीव्रता पाएको छ । सडकको काउले–सालडाँडाखण्ड अन्तर्गत झन्डै आठ किलोमिटर कालोपत्रे गर्ने कामले पछिल्लो समय तीव्रता पाएको हो । ट्र्याक खोलेको करिब २५ वर्षपछि घुम्ती–चिसापानी सडकको दोस्रो खण्ड कालोपत्रे गरिएको छ । सम्झौता भएको २७ महिनामा सडक कालोपत्रे सक्ने गरी २०७९ असार १९ गतेबाट निर्माण कम्पनीले काम थालेको थियो । टुन्टी आरएस जेभी निर्माण कम्पनीले २१ करोड ५१ लाख ४८ हजार ७०४ रुपियाँमा सडक निर्माणको जिम्मा पाएको थियो । २०८१ असोज २० गतेसम्म सडक निर्माण सक्नुपर्नेमा चालु आर्थिक वर्ष २०८२/८३ को भदौबाट कालोपत्रे गर्ने कामले गति लिएको हो । सडक फराकिलो र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.