Alag Dhar

सुदूरपश्चिममा ३५२ कैदीबन्दी अझै फरार

धनगढी । सुदूरपश्चिम प्रदेशमा साढे तीन सय कैदीबन्दी फरार रहेको पाइएको छ । २४ भदौको जेनजी आन्दोलनको बलमा विभिन्न कारागारबाट भागेकामध्ये ३५२ जना कैदीबन्दी पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार तीन सय ३३ पुरुष र १९ महिला गरेर तीन सय ५२ जनाप्रतिवादी अहिलेसम्म पक्राउ परेका छैनन् । सबैभन्दा धेरै कैलाली कारागारबाट भागेका २२९ जना कैदीबन्दी बाहिरै छन् ।

कञ्चनपुर कारागारबाट भागेका ९७ जना, बाल सुधार गृह डोटी र बझाङ कारागारका १२/१२ जना, दार्चुला कारागारका ६ जना, डडेल्धुरा कारागारका ५ जना र बैतडी कारागारका एक जना कैदीबन्दी फरार अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनको बलमा सुदूरपश्चिमका विभिन्न कारागारबाट एक हजार चार सय ५८ (१३८३ पुरुष र ७५ महिला) जना कैदीबन्दी बाहिर निस्किएर भागेका थिए । अहिलेसम्म प्रहरीले एक हजार ९४ जनालाई भने पक्राउ गरेर कारागार फर्काइसकेको छ । प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिएकामध्ये १०४९ जना पुरुष र ४५ महिला कैदीबन्दी रहेका छन् ।

सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले जेनजी आन्दोलनका बेला कारागारबाट भागेर फरार भएका कैदीबन्दीको खोजी कार्य जारी राखिएको बताए ।

प्रदेश प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक (डीएसपी) र जिल्लामा प्रहरी निरीक्षक (इन्सपेक्टर) को नेतृत्वमा फरार कैदीबन्दीको खोजीका लागि छुट्टाछुट्टै टोली यसअघि नै गठन गरेको थियो । ती टोलीहरुले अहिले पनि फरार कैदीबन्दी पक्राउ गर्ने कामलाई अभियानकै रुपमा अघि बढाएर सक्रियतापूर्वक काम गरिरहेको डीआईजी राना बताउँछन् ।

‘जेनजी आन्दोलका बेला फरार कैदीबन्दी पक्राउ गर्न प्रदेश र जिल्लामा यसअघि नै टोली गठन गरेर काम गरिरहेका छौँ । पहिलो चरणमा फरार सबैजसो कैदीबन्दीको घर ठेगानासम्म पुगेर खोज्ने काम भइसकेको छ,’ डीआईजी रानाले भने, ‘भेटिएका कैदीबन्दीलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याइएको छ । नभेटिएकाहरुको हकमा अहिले पनि व्यापक खोजी गरिरहेका छौँ ।’

डीआईजी रानाले भारततिर भागेका कैदीबन्दीलाई समेत नियन्त्रणमा लिन भारतीय पक्षसँग समन्वय भइरहेको जानकारी दिए ।

मुख्य समाचार

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर दुईवटा ...
बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश सरकारमा सहभागी भएका आफ्नो पार्टीका तीन मन्त्रीलाई पदमुक्त गर...
गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

बारा ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका १ कि बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा अर्का एक बालक पक्राउ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.