Alag Dhar

झापामा पुलमा बम राखेर आतङ्क फैलाउने एकजना पक्राउ

मकवानपुर । झापाको कनकाई नगरपालिका ४ कोटीहवन माईपुलमा प्रेसर कुकर बम राखेर आतङ्क फैलाउने एक जना पक्राउ परेका छन् । झापाको कन्काई –४ स्थित कन्काई पुलनजिक पुस १९ गते बिहान बम राखेर आतङ्क फैलाउने झापाको कन्काई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल (सञ्जय)पक्राउ परेका हुन् ।

उनी जिल्ला प्रहरी कार्यालय सुनसरी झुम्का काराकारबाट फरार कैदी समेत भएको पाइएको छ । उनलाई जिल्ला प्रहरी कार्यलय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्गमा पर्ने माईखोला पुलनजिक सडकको उत्तरी भागमा फेला परेको शंकास्पद वस्तु अरीदमन गणस्थित नेपाली सेनाले त्यतिबेला निष्क्रिय पारेको थियो ।

प्रेसर कुकर बमसँगै सनातन सुरक्षा सेना नेपालको पर्चा समेत भेटिएको थियो । खरेल यसअघि पनि पटकपटक पक्राउ पर्दै छुट्दै आएका थिए । २०८१ साल पुसमा इटहरी उपमहानगरपालिका अगाडि शङ्कास्पद प्रेसर कुकर फेला परेपछि नेपाली सेनाको काली शक्ति गणको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो । त्यस समयमा पनि खरेल पक्राउ परेका थिए ।

पक्राउ परेका खरेलको नेतृत्वमा २०७८ साल चैतमा इटहरी–२ नवजागृति टोलमा कोठामा बम विस्फोट हुँदा रबिन थापा र शेरजङ्ग गुरुङ घाइते भएका थिए। खरेलले पछिल्लो केही बर्ष देखि झापाको बिर्तामोड र दमकमा पनि बम आतङ्क मच्चाउँदै आएको जिल्ला प्रहरी कार्यलय झापाका प्रबक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

२०७८ साल अघि दुई वर्ष पाँच महिना कैद भुक्तान गरेर छुटेपछि उनी पुनः यस्तै गतिविधिमा संलग्न हुदै आएको प्रहरीले जनाएको छ । उनी यसअघि पनि २०८१ साल चैत्रमा प्रकाउ परेका थिए । उनी जेनजी आन्दोलनको क्रममा सुनसरीको झुम्का कारागारबाट कैद भुक्तान गरिरहेको अवस्थामा फरार रहेको व्याक्ति भएको प्रहरीले जनाएको छ ।

गत फागुन १९ गते कनकाई पुलमा भेटिएको प्रेसर कुकर बमको साथमा भेटिएको झोलामा फेला परेको पर्चामा सनातन सुुुरक्षा सेना नेपालको पर्चामा नेपालमा राजसंस्था स्थापना, वैदिक सनातन हिन्दु राज्य घोषणा र फागुन २१ गतेको निर्वाचनलाई पुर्णरुपमा बहिस्कारको नारा राखिएको थियो ।

पर्चामा फागुन २१ गतेको निर्वाचनमा सहभागि हुने पार्टी र संस्था आफ्नो आन्दोलनको विरोधी हुने कुरा उल्लेख छ । अबको विकल्प हतियारनै भएको समेत पर्चामा लेखिएको थियो ।

मुख्य समाचार

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर दुईवटा ...
बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश सरकारमा सहभागी भएका आफ्नो पार्टीका तीन मन्त्रीलाई पदमुक्त गर...
गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

बारा ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका १ कि बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा अर्का एक बालक पक्राउ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.