Alag Dhar

मान्छे खाने बाघलाई मार्न आदेश जारी

मकवानपुर । सल्यानमा मानिस र घरपालुवा पशु चौपायामाथि आक्रमण गर्दै आएको संरक्षित वन्यजन्तु जङ्गली पाटेबाघलाई पक्रन वा मार्न आदेश जारी गरिएको छ । कालिमाटी गाउँपालिका–६ र ७ स्थित घुइयावारी क्षेत्रमा विगत एक साताको अवधिमा पाटेबाघले स्थानीय धनसरा रावत र चन्द्रबहादुर खप्तडी मगरसहित तीन जनाको ज्यान लिएको छ भने दुई वटा घरपालुवा पशु गोरु र गाईलाई आक्रमण गरी मारेर खाएको थियो ।

लगातारको आक्रमणपछि बाघले मानिसलाई खोजी खोजी खाने गरेको, गाउँमा घरबाहिर निस्कन समेत नसक्ने अवस्था सिर्जना भई स्थानीय बासिन्दा र जनप्रतिनिधि आतङ्कित बनेको भन्दै बाघ नियन्त्रण वा मार्ने आदेशका लागि सिफारिस गरिएको थियो ।
डिभिजन वन कार्यालय, सल्यानका कार्यालय प्रमुख टेकबहादुर रावलले बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार गर्दै पाटेबाघलाई पक्रन वा मार्न जारी भएको आदेश कार्यान्वयनका लागि अनुरोध गर्नुभएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (पाँचौँ संशोधन सहित) को दफा १० ‘क’ र ‘ख’ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० (पाँचौँ संशोधन सहित) को नियम ३६ क बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा उक्त पाटेबाघलाई पक्रन वा मार्न आदेश जारी गरिएको हो ।

यसैबिच, कालिमाटी गाउँपालिकाले बाघको आक्रमणबाट ज्यान गुमाएका दुई व्यक्तिको परिवारलाइ राहत उपलब्ध गराएको छ । पुस २५ गते कालिमाटी–७ मा ४२ बर्षिय धनसरी रावत र पुस २९ गते मङ्गलबार वडा नम्बर–६ हात्तिढुङ्गामा ६६ वर्षीय चन्द्र बहादुर खप्तडीको बाघको आक्रमणबाट ज्यान गएको थियो ।

पीडित परिवारको घरमै पुगेर गाउँपालिका अध्यक्ष दानबहादुर केसीले शोक व्यक्त गर्दै पालिकाको तर्फबाट प्रति परिवार ५० हजार रुपियाँ राहत उपलब्ध गराउनुभएको हो । उहाँले यस क्षेत्रमा नागरिकहरू अत्यन्त पीडा र आक्रोशमा रहेको भन्दै सरोकारवाला निकायले छिटोभन्दा छिटो बाघको व्यवस्थापन, नियन्त्रण तथा आवश्यक परे ‘सुट’ गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभयो ।

मुख्य समाचार

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.