२०८२ माघ १, बिहीबार ११:२४
२०८२ माघ १, बिहीबार ११:२४
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३० थान मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बिहीबार आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमुख अरुण पौडेललाई मोटरसाइकलको चाबी हस्तान्तरण गर्नु भएको हो । सुरक्षा व्यवस्था सुदृढीकरण, छिटोछरितो सेवा प्रवाह तथा प्रहरी परिचालनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ बागमती प्रदेश सरकारले ९७ लाख २० हजार रुपियाँ बराबरको दुई पाङ्ग्रे सवारी साधन खरिद गरेको हो । राष्ट्रिय बोलपत्र आह्वान गरी प्रचलित कानुन तथा स्वीकृत मापदण्ड बमोजिम खरिद गरिएका मोटरसाइकल १६० सिसी क्षमताका एफआई र एबिएस सिस्टमयुक्त छन् । कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को…