Alag Dhar

काठमाडौंको तापक्रम घट्यो

मकवानपुर । पुसको अन्तिम दिन आज काठमाडौंको तापक्रम अझै घटेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गएको पुस २५ गते न्यूनतम तापक्रम २.४ मा झरेर थोरै उकालो लागि ३ डिग्रीसम्म पुगेको तापक्रम आज फेरि झरेर न्यूनतम तापक्रम २.३ डिग्रीमा आइपुगेको छ।

आजको उक्त रेकर्ड काठमाडौंका लागि यो वर्षकै सबैभन्दा कम तापक्रम हो। विभागमा आज साँझसम्म रेकर्ड भएको तापक्रमको विवरणअनुसार पुसको दोस्रो हप्ताबाट क्रमशः घटिरहेको तापक्रम आज थप घट्न पुगेको छ।

जसका कारण दिउँसो घाम लाग्दा केही न्यानो महसुस भए पनि बिहान बेलुका अत्यधिक चिसो बढेको छ। वातावरण प्रदूषणले थप चिसो गराएको मौसमविद्ले बताएका छन्। चन्द्रागिरि तथा काठमाडौंका बढी चिसो हुने क्षेत्रमा तुसारो परेर बिहान जमिन सेताम्मे हुने गरेको छ।

विभागको अभिलेखअनुसार गएको पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ९ डिग्री रेकर्ड गरिएको थियो। पुस १५ मा काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्रीमा झरेको थियो।

पुस १७ गते तापक्रम घटेर ४ दशमलव ६ मा आएकामा १९ गते ४ दशमलव ५ डिग्रीमा झरेको हो। यस्तै पुस २३, २४ मा ३ डिग्रीमा झरेको तापक्रम २५ मा २ दशमलव ४ मा झरेको छ। आज भने २ दशमलव ३ मा आइपुगेको छ।

विभागका अनुसार आज दिपायलमा २ दशमलव २, जुम्लामा माइनस ५ दशमलव ९, जोमसोममा १ दशमलव ५, दोलखाको जिरीमा माइनस १ दशमलव ६ ताप्लेजुङमा ४ दशमलव ४, सिमरामा ५ दशमलव ९ डिग्री रहेको छ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.