Alag Dhar

सप्तरीमा बसमा सवार यात्रुको मृत्यु

death

मकवानपुर । सप्तरीको कञ्चनपुर क्षेत्रमा यात्रुबाहक बसमा सवार एक यात्रुको मृत्यु भएको छ । भैरहवाबाट विराटनगरतर्फ जाँदै गरेको लु २ ख ३४८५ नम्बरको यात्रुबाहक बसमा सवार तिरहुत गाउँपालिका ४ डिमन घर भएका ५५ वर्षीय महेश मुखियाको बाटोमै मृत्यु भएको हो ।

उहाँ विगत ३–४ दिनदेखि बिरामी रहेको र उहाँका श्रीमती ४५ वर्षीया दुखनी मुखियाले घर लैजाने क्रममा बिहीबार बसमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उहाँले शुक्रबार बिहान बस चालकले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जानकारी गराएपछि प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा कुनै शङ्कास्पद अवस्था नदेखिएको बताउनुभयो ।

मृतकको शव उहाँका भाइ उमेश मुखियाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

मुख्य समाचार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न...
विनाशकारी बाढीपहिरोपछि नेपालमा  बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

विनाशकारी बाढीपहिरोपछि नेपालमा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र

काठमाण्डौ । रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएक...
आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

आज नुवाकोट र रसुवामा बाढीको उच्च जोखिम

काठमाण्डौ। आज ३३ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन् । ...
त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

त्रिशूली नदीको बाढीले धादिङमा ४ वटा घर र झोलुङ्गे पुल बगायो

काठमाण्डौ । भोटेकोशी हुँदै आज बिहान आएको बाढीले धादिङमा ४ वटा घर र चरौँदीको झोलुङ्गे पुल बगाएको छ । यस्तै अरू केही घर जोखिममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.