२०८२ माघ २, शुक्रबार ११:०१
२०८२ माघ २, शुक्रबार ११:०१
मकवानपुर । शिक्षा, स्वास्थ्य र खेलकुद पहिलो प्राथमिकता भन्ने उदेश्यका साथ तेस्रो वडास्तरीय खेलकुद महोत्सव २०८२ अन्तरगत छात्र भलिवल प्रतियोगिता शुरू भएको छ । नगर प्रमुख मीनाकुमारी लामाले शुक्रबार उद्घाटन गर्नुभएको प्रतियोगिता आधुनिक राष्ट्रिय माविको परिसरमा भईरहेको छ । हेटौंडा उपमहानगरपालिका ४ नं. वडाको आयोजना, शैक्षिक गुणस्तर सुधार समिति, हेटौंडा-४ को संयोजन र आधुनिक राष्ट्रिय मावि, हेटौंडा-४ को व्यवस्थापनमा भएको प्रतियोगितामा नगरभित्रका १४ वटा विध्यालयको टिम सहभागी रहेको प्रतियोगिता संयोजक राजाराम पोखरेलले जानकारी दिनुभयो । माघ २ र ३ गते हुने भलिवल प्रतियोगिताको उद्घाटन समारोहमा ४ नं. वडा अध्यक्षको विशेष आथित्यतामा भएको कार्यक्रममा ११ नं. वडा अध्यक्ष जुना दाहाल, आधुनिक…