Alag Dhar

प्रलोपा मकवानपुरको अध्यक्षमा ध्रुवराज ढकाल, सिंखडालाई इन्चार्जको जिम्मेवारी

मकवानपुर । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मकवानपुरले नयाँ जिल्ला नेतृत्व चयन गर्दै संगठन सुदृढीकरण र आसन्न संघीय निर्वाचनको तयारीलाई तीव्र बनाएको छ। शुक्रबार हेटौँडामा सम्पन्न जिल्ला बैठकले ध्रुवराज ढकाललाई अध्यक्ष चयन गरेको हो।

बैठकले राजेन्द्र सिंखडा (दारी बा) लाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ। प्रदेश कमिटीको पुस २० गतेको परिपत्रअनुसार जिल्ला नेतृत्व चयन गरिएको पार्टीले जनाएको छ।

संगठनलाई थप बलियो बनाउने उद्देश्यले बैठकले एकता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ। साथै, फागुन २१ गते हुने संघीय प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरू सर्वसम्मत रूपमा टुंगो लगाइएको छ।

निर्णयअनुसार मकवानपुर क्षेत्र नम्बर–१ बाट तेजप्रसाद उप्रेती (रमेश) र तुफान विक्रम क्षेत्री (दिपशक्ति) उम्मेदवार बन्नेछन् भने मकवानपुर क्षेत्र नम्बर–२ बाट सन्तोष विष्टलाई उम्मेदवार चयन गरिएको छ।

बैठकले निर्वाचन लक्षित क्षेत्रगत इन्चार्ज तोक्ने र परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको छ। पार्टीका केन्द्रीय सदस्य तथा स्कुलिङ विभाग प्रमुख सोनामसिंह स्यान्ताङ (विजय) प्रमुख अतिथिका रूपमा बैठकमा सहभागी थिए।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.