Alag Dhar

Day: २०८२ माघ ४, आईतवार १०:१४

काठमाडौँ महानगर प्रमुख बालेनद्वारा पदबाट राजीनामा

काठमाडौँ महानगर प्रमुख बालेनद्वारा पदबाट राजीनामा

मकवानपुर । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिनुभएको छ । आइतबार प्रमुख शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाउनुभएको हो । उहाँले स्वेच्छाले राजीनामा दिएको बताउनुभएको छ । राजीनामा पत्रमा महानगरको नेतृत्व र कार्यपालिकालाई सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।  
Read More
प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ को उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ को उम्मेदवार

झापा। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुनुहुनु भएको छ । यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उहाँ सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।शनिवार काठमाडौँमा भएको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीसहित झापाका पाँचमध्ये चार वटा निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको हो । झापा–१ बाट रामचन्द्र उप्रेति, २ बाट देवराज घिमिरे, ४ बाट मनोज ताम्ली प्रत्याशी हुनुहुने भएको छ । रासस
Read More
पहिलाे खेलमा नेपाल थाइल्याण्डसँग पराजित

पहिलाे खेलमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग आठ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै जित हासिल गर्‍यो । थाइल्याण्डका लागि नथाकन चन्थमले अविजित ५७ रनको योगदान दिइन् । उनले २९ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै ५७ रनको योगदान दिइएकी हुन् । नानपत कोन्चारोन्काईले ३२ र अफिसरा सुवानचोनराथीले २८ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा…
Read More
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६२५ रुपैयाँमा झरेको छ । चाँदीको भाउ गत बुधबार हालसम्मकै उच्च प्रतितोला ६ हजार ६५५ रुपैयाँ पुगेको थियो…
Read More
प्रलोपा मकवानपुरको अध्यक्षमा ध्रुवराज ढकाल, सिंखडालाई इन्चार्जको जिम्मेवारी

प्रलोपा मकवानपुरको अध्यक्षमा ध्रुवराज ढकाल, सिंखडालाई इन्चार्जको जिम्मेवारी

मकवानपुर । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मकवानपुरले नयाँ जिल्ला नेतृत्व चयन गर्दै संगठन सुदृढीकरण र आसन्न संघीय निर्वाचनको तयारीलाई तीव्र बनाएको छ। शुक्रबार हेटौँडामा सम्पन्न जिल्ला बैठकले ध्रुवराज ढकाललाई अध्यक्ष चयन गरेको हो। बैठकले राजेन्द्र सिंखडा (दारी बा) लाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ। प्रदेश कमिटीको पुस २० गतेको परिपत्रअनुसार जिल्ला नेतृत्व चयन गरिएको पार्टीले जनाएको छ। संगठनलाई थप बलियो बनाउने उद्देश्यले बैठकले एकता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ। साथै, फागुन २१ गते हुने संघीय प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरू सर्वसम्मत रूपमा टुंगो लगाइएको छ। निर्णयअनुसार मकवानपुर क्षेत्र नम्बर–१ बाट तेजप्रसाद उप्रेती (रमेश) र तुफान विक्रम…
Read More
म्याग्दीमा एमालेबाट श्रेष्ठ उम्मेदवार

म्याग्दीमा एमालेबाट श्रेष्ठ उम्मेदवार

म्याग्दी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट नेकपा (एमाले) ले पार्टीका केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठलाई उम्मेदवारका रुपमा अघि सारेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला कमिटी सचिव थमसरा पुनले जानकारी दिनुभयो । श्रेष्ठ २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा(खम्बिर) सँग पराजित हुनुभएको थियो । श्रेष्ठ बेनी बजार निवासी हुनुहुन्छ । विद्यार्थी अवस्था देखि राजनीतिमा सक्रिय श्रेष्ठ दुई कार्यकाल जिल्ला कमिटी अध्यक्ष, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य र हालै सम्पन्न भएको पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । श्रेष्ठसँगै आकाङ्क्षीहरुको जिल्ला कमिटी अध्यक्ष…
Read More
सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ्गमा दुई दिन सार्वजनिक बिदा

सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ्गमा दुई दिन सार्वजनिक बिदा

मकवानपुर । तामाङ समुदायको सांस्कृतिक पर्व मञ्जुश्री सम्वत् २८६२ (ता ल्हो, घोडा वर्ष) सोनाम ल्होछारको अवसरमा पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष राजकुमार मल्लले मंगलबार शुभकामना सन्देश जारी गर्दै माघ ४ र ५ गते गाउँपालिका भित्र सार्वजनिक बिदा रहने जानकारी गराएका छन्। माघ ५ गते हर्षोल्लासपूर्वक मनाइने सोनाम ल्होछारले बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक राक्सिराङ्गमा आपसी सद्भाव, सामाजिक एकता र बन्धुत्वको भावना थप मजबुत बनाउने विश्वास अध्यक्ष मल्लले व्यक्त गरेका छन्। तामाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ्गमा पर्वलाई उल्लासमय रूपमा मनाउन सार्वजनिक बिदाको अवधिमा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक संघसंस्था तथा…
Read More
संस्कृत पढ्दै दलित विद्यार्थी

संस्कृत पढ्दै दलित विद्यार्थी

बैतडी । गुरुकुलसहितको संस्कृत भाषा पढाइ हुने सुदूरपश्चिमकै अग्रणी सरस्वती संस्कृत माध्यमिक विद्यालयमा ३९ वर्षदेखि दलित समुदायका विद्यार्थीले संस्कृत पढ्दै आइरहेका छन् । यहाँ २०४३ सालदेखि संस्कृत पढ्दै आइरहेका दलित विद्यार्थीलाई छात्रवृत्ति, पोसाक जस्ता विषयमा अहिलेसम्म कतैबाट पनि प्रोत्साहन भने मिल्न सकेको छैन । दशरथचन्द नगरपालिका–६, नकतडीमा रहेको सरस्वती संस्कृत माविमा हरेक वर्ष २० देखि ३० जना संस्कृत पढ्ने विद्यार्थी दलित समुदायका हुन्छन् । विद्यालयमा कक्षा ६ देखि १० सम्म संस्कृत विषयको पढाइ हुन्छ । संस्कृत पढ्ने आधाजति त दलित समुदायका विद्यार्थी छन् । यो वर्ष कक्षा ६ देखि १० सम्म संस्कृत पढ्ने ६९ जना विद्यार्थीमध्ये २४ जना दलित समुदायका रहेको शिक्षक दानसिंह कार्कीले बताउनुभयो ।…
Read More
काठमाडौंको मेयरबाट पदबाट राजीनामा दिँदै बालेन

काठमाडौंको मेयरबाट पदबाट राजीनामा दिँदै बालेन

मकवानपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजीनामा दिँदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालय स्रोतका अनुसार आज मेयर पदबाट राजीनामा दिएर बालेन रास्वपा बैठकमा सहभागी हुनेछन् । महानगरको मेयर पदबाट राजीनामा दिएर बालेन दिउँसो २ बजे सुरु हुने रास्वपा केन्द्रीय समितिको बैठकमा सहभागी हुनेछन्। रास्वपाको आजको बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फबो सिट टुंगो लगाउने छ ।  बालेनले रास्वपाबाट फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारी गरेका छन् । बालेनले केपी ओलीसँग झापा गएर चुनाव लड्ने निर्णय गरेका हुन् । रास्वपाले बालेनलाई पार्टीको वरिष्ठ नेता बनाएर भावी…
Read More
कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

मकवानपुर । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी आज राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.