Alag Dhar

सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ्गमा दुई दिन सार्वजनिक बिदा

मकवानपुर । तामाङ समुदायको सांस्कृतिक पर्व मञ्जुश्री सम्वत् २८६२ (ता ल्हो, घोडा वर्ष) सोनाम ल्होछारको अवसरमा पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले मंगलबार शुभकामना सन्देश जारी गर्दै माघ ४ र ५ गते गाउँपालिका भित्र सार्वजनिक बिदा रहने जानकारी गराएका छन्।

माघ ५ गते हर्षोल्लासपूर्वक मनाइने सोनाम ल्होछारले बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक राक्सिराङ्गमा आपसी सद्भाव, सामाजिक एकता र बन्धुत्वको भावना थप मजबुत बनाउने विश्वास अध्यक्ष मल्लले व्यक्त गरेका छन्।

तामाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ्गमा पर्वलाई उल्लासमय रूपमा मनाउन सार्वजनिक बिदाको अवधिमा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक संघसंस्था तथा बैंक तथा वित्तीय संस्थाहरू बन्द रहनेछन्।

अध्यक्ष मल्लका अनुसार राष्ट्रिय तथा स्थानीय सबै पर्वलाई सम्मानपूर्वक मनाउने उद्देश्यले गाउँपालिकाले नियमित रूपमा सार्वजनिक बिदा दिने नीति अवलम्बन गर्दै आएको छ।

मुख्य समाचार

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक प्रारम्भ, उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले मन्त्रालय सम्बन्धी ...
वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

वाग्मतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध दुई रिट, आजै सुनुवाइ

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर दुईवटा ...
बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

बाग्मतीका ३ मन्त्रीको पद रिक्त गर्न लिङदेनले पठाए प्रदेश सभा र निर्वाचन आयोगलाई पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश सरकारमा सहभागी भएका आफ्नो पार्टीका तीन मन्त्रीलाई पदमुक्त गर...
गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

गरिमा हत्या आरोपमा १४ वर्षका अर्का एक बालक पक्राउ

बारा ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका १ कि बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा अर्का एक बालक पक्राउ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.