Alag Dhar

मकवानपुरमा कांग्रेसबाट डिना र लामा उम्मेदवार

मकवानपुर । नेपाली कांग्रेसले मकवानपुरको दुई वटा निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंग्याएको छ ।

मकवानपुर-१ बाट पार्टीकी निवर्तमान सहमहामन्त्रीसमेत रहेकी पूर्वमन्त्री महालक्ष्मी उपाध्याय (डिना)  र २ नम्बर क्षेत्रबाट पार्टी जिल्ला सभापति बुद्ध लामालाई उम्मेदवार बनाएको पार्टी जिल्ला समिति सचिव भिमशेन महतले जानकारी दिए ।

डिना २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि १ नम्बर क्षेत्रबाट उम्मेदवार थिइन् । उनी राप्रपाका दिपक सिंहसँग पराजित भएकी थिइन् । आगामी निर्वाचनमा डिनाले उनै सिंहसहित ठूला दलका एमालेका रामेश्वर राना, माओवादीका विजय गौतमसँग प्रतिस्पर्धा गर्ने छिन् ।

यसैगरी, जिल्ला सभापति लामा पहिलो पटक प्रतिनिधिसभा निर्वाचन लड्दैछन । लामाले २ नम्बर क्षेत्रबाट ठूला दलका नेकपा एमालेका महेश बर्तौला र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)  का लवशेर विष्टसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

मकवानपुरको १ नम्बर क्षेत्र सहरी र २ नम्बर क्षेत्र ग्रामीण भेग हो । १ नम्बर क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाको १५ वटा वडा, मकवानपुरगढी गाउँपालिकाको ४ वटा वडा, बागमती र बकैया गाउँपालिका पर्दछन ।

२ नम्बर क्षेत्रमा हेटौंडाको १, ३, ११ र १९ नम्बर वडा, मकवानपुरगढी गाउँपालिकाको ५,६,७ र ८ नम्बर वडासहित थाहा नगरपालिका, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोबर र भीमफेदी गाउँपालिका पर्दछ ।

मुख्य समाचार

इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.