Alag Dhar

Day: २०८२ माघ ६, मंगलवार ०९:२९

११९५ जनाले गराए उम्मेदवारी दर्ता

११९५ जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं ।  मंगलबार दिउँसो ३ बजेसम्म देशभर ११ सय ९५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले ३ बजेसम्म देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनेको संख्या १ हजार १ ९५ जना पुगेको जानकारी दिए । उनका अनुसार उम्मेदवारी दर्ता उत्साहजनक र शान्तिपूर्ण भइरहेको छ । आयोगले उम्मेदवारी दर्ताको समय बिहान १० बजेदेखि ५ बजेसम्म तोकेको छ । यद्यपि साँझ ५ बजेसम्म लाइनमा बस्नेलाई जतिसुकै समय लागे पनि दर्ता गराउन दिने तर पाँच बजेपछि कार्यालयमा प्रवेश गर्न नपाइने जनाएको छ । फागुन २१ गते प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमा निर्वाचन…
Read More
कुलमान घिसिङले काठमाडौँ–३ बाट गराए उम्मेदवारी दर्ता

कुलमान घिसिङले काठमाडौँ–३ बाट गराए उम्मेदवारी दर्ता

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।  
Read More
बालेनसँग भिड्न ओलीले दर्ता गराए झापा–५ बाट उम्मेदवारी

बालेनसँग भिड्न ओलीले दर्ता गराए झापा–५ बाट उम्मेदवारी

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग भिड्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । रास्वपाले बालेन र एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । यो निर्वाचन क्षेत्रमा ओली र बालेनको भिडन्तलाई चासोका साथ हेरिएको छ ।
Read More
मकवानपुर–२ मा महेश बर्तौलाको उम्मेदवारी : भन्छन्– फेरि जित्नेमा ढुक्क छु

मकवानपुर–२ मा महेश बर्तौलाको उम्मेदवारी : भन्छन्– फेरि जित्नेमा ढुक्क छु

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट महेश बर्तौलाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो जित निश्चित भएको दाबी गरे। बर्तौलाले २०७९ सालको निर्वाचनमा जनताले पाँच वर्षका लागि म्यान्डेट दिएर पठाएको भए पनि पूरा कार्यकाल काम गर्न नपाएको गुनासो गरे। उनले ३२ महिना मात्रै काम गरेर असंवैधानिक तरिकाले संसद विघटन भएको बताए। जनताको काम गर्न नपाउँदै संसद सकिए पनि अब ताजा जनादेशका लागि आफू जनताको घरदैलोमा जान लागेको उनको भनाइ छ। विधि र प्रक्रिया अनुसार निर्वाचन घोषणा भएको भन्दै उनले यसलाई लोकतान्त्रिक अभ्यासका रूपमा…
Read More
हर्क साम्पाङले सुनसरी–१ बाट गराए मनोनयन दर्ता

हर्क साम्पाङले सुनसरी–१ बाट गराए मनोनयन दर्ता

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी–१ बाट मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गराउन उनी समर्थकहरूसहित आयोगको कार्यालय पुगेका थिए । २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका थिए । मनोनयन दर्ता गरेपछि साम्पाङले अब संघीय सरकारको नेतृत्व गर्ने बताए ।
Read More
मकवानपुरमा कांग्रेसबाट डिना र लामा उम्मेदवार

मकवानपुरमा कांग्रेसबाट डिना र लामा उम्मेदवार

मकवानपुर । नेपाली कांग्रेसले मकवानपुरको दुई वटा निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंग्याएको छ । मकवानपुर-१ बाट पार्टीकी निवर्तमान सहमहामन्त्रीसमेत रहेकी पूर्वमन्त्री महालक्ष्मी उपाध्याय (डिना)  र २ नम्बर क्षेत्रबाट पार्टी जिल्ला सभापति बुद्ध लामालाई उम्मेदवार बनाएको पार्टी जिल्ला समिति सचिव भिमशेन महतले जानकारी दिए । डिना २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि १ नम्बर क्षेत्रबाट उम्मेदवार थिइन् । उनी राप्रपाका दिपक सिंहसँग पराजित भएकी थिइन् । आगामी निर्वाचनमा डिनाले उनै सिंहसहित ठूला दलका एमालेका रामेश्वर राना, माओवादीका विजय गौतमसँग प्रतिस्पर्धा गर्ने छिन् । यसैगरी, जिल्ला सभापति लामा पहिलो पटक प्रतिनिधिसभा निर्वाचन लड्दैछन । लामाले २ नम्बर क्षेत्रबाट ठूला दलका नेकपा एमालेका महेश…
Read More
पत्रकार ऋषि धमला रौतहट ४ मा उम्मेदवार

पत्रकार ऋषि धमला रौतहट ४ मा उम्मेदवार

काठमाडौं । पत्रकार ऋषि धमला रौतहट क्षेत्र नम्बर ४ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उनलाई प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले टिकट दिएको छ । धमला उम्मेदवारी दर्ताका लागि रौतहट पुगिसकेका छन् । उनले केहीबेरमा उम्मेदवारी दर्ता गराउने बताए । रौतहट क्षेत्र नम्बर ४ मा धमलासँगै नेपाली कांग्रेसका बेदप्रसाद तिमल्सिना, नेकपा एमालेका रामजी शाह र नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराई उम्मेदवार छन् । धादिङ घर भएका धमलाको बसोबास हाल काठमाडौंमा छ ।
Read More
मकवानपुरको दुई क्षेत्रमा प्रलोपाको उम्मेदवारी

मकवानपुरको दुई क्षेत्रमा प्रलोपाको उम्मेदवारी

मकवानपुर । आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ मा प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० का तेज प्रसाद उप्रेती (रमेश)ले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावक राजेन्द्र सिम्खडा र समर्थक केदार अधिकारी रहेका छन् । त्यस्तै मकवानपुर क्षेत्र नम्बर–२ मा प्रलोपाका सन्तोष विष्टले उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावक विष्णु हरि ढकाल र समर्थक प्रलोक पाण्डे रहेका छन् ।
Read More
तनहुँमा ट्रिपर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

तनहुँमा ट्रिपर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

तनहुँ । तनहुँमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मुत्यु हुनेमा गोरखा ताकुकोटका ४३ वर्षीय रामबहादुर गुरुङ छन् । शुक्लागण्डकी नगरपालिका– २ कोत्रेबाट थप्रेकतर्फ निर्माण सामाग्री लिएर जाँदै गरेको ग १ क ६४८५ नम्बरको ट्रिपर दुर्घटना भएको हो । शुक्लागण्डकी १ बतासेडाँडामा बिहान ९ बजे दुर्घटना भएको वडा सदस्य लक्ष्मीदेवि भण्डारीले बताइन् । निर्माणाधीन लालध्वज मोटरमार्गको लागि निर्माण सामाग्री बोकेर गएको ट्रिपर उकालो घुम्तीमा ब्याक गर्दा ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिए ।
Read More
झापा ५ बाट बालेन शाहले गराए उम्मेदवारी दर्ता

झापा ५ बाट बालेन शाहले गराए उम्मेदवारी दर्ता

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मनोनयन दर्ता गरेका छन् । दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गरेका हुन् । समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । बालेनलाई ठाउँ-ठाउँमा कलससहित स्वागत गरिएको थियो । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उनी राजनीतिमा होमिएका हुन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.