Alag Dhar

सडक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

death

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित हलेसी पेट्रोल पम्प अगाडि पथलैया–हेटौंडा सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सोमबार साँझ करिब ७ः३० बजेको समयमा हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बा प्र ०२–०५३ प ३७७० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको म।प्र।०३–००२ ख २७१८ नम्बरको आइचर मिनी ट्रकले बायाँ साइडबाट ठक्कर दिएको थियो ।

सोही क्रममा पछाडिबाट आउँदै गरेको म।प्र।०३–०३८ प ११७६ नम्बरको अर्को मोटरसाइकलसमेत आपसमा ठोक्किन पुगेको ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार जिल्ला बारा, कलैया उपमहानगरपालिका–२० बसतपुर निवासी २४ वर्षीय रुपेश कुमार साहको नाक, मुख तथा टाउकोमा गम्भीर चोट लागेको थियो । उहाँको उपचारका क्रममा वीरगञ्जस्थित न्युरो अस्पतालमा गएराति करिब ८ः३० बजे मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

त्यसैगरी, सोही दुर्घटनामा मोटरसाइकल चालक जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–१४ निवासी अमरेन्द्र कुमार पटेलका २७ वर्षीय छोरा सुशील कुमार पटेल घाइते भएका छन् । उहाँको टाउको र निधारमा चोट लागेको र अवस्था मध्यम रहेको छ । घाइते पटेलको हाल अमलेखगञ्जस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न आइचर मिनी ट्रक तथा दुवै मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जको नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.