Alag Dhar

हेटौंडाको माहाशक्ति साबुन कम्पनीको स्टोरमा आगलागी

मकवानपुर । हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालित महाशक्ति साबुन उद्योगको गोदाममा गएराति भीषण आगलागी भएको छ। उद्योग परिसरमै रहेको तयारी साबुन तथा कच्चा पदार्थ भण्डारण गरिएको गोदाममा अचानक विद्युत् सर्टसर्किट भई आगो सल्किएको हो।

आगलागीबाट गोदामभित्र रहेका सम्पूर्ण तयारी सामान, कच्चा पदार्थ र प्याकिङ सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन्। उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीका अनुसार मध्यरातमा सुरु भएको आगोका कारण गोदाममा रहेका कुनै पनि सामान जोगाउन सकिएन। प्रारम्भिक अनुमानअनुसार करिब १० देखि १२ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको उनले बताए। क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

रातिको समयमा आगलागी भएपछि तत्काल नियन्त्रण प्रयास गरिए पनि आगो तीव्र भएकाले ठूलो क्षति हुन पुगेको व्यवस्थापक बुढाथोकीले जानकारी दिए।

आगलागीको खबर पाउनेबित्तिकै हेटौँडा उपमहानगरपालिकाका दुईवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दा घटनास्थल पुगेका थिए। सुरक्षाकर्मी र स्थानीयको संयुक्त प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

घटनाको कारण र क्षतिको यकिन विवरणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.