Alag Dhar

Day: २०८२ माघ ११, आईतवार १५:०३

बागमतीमा राष्ट्रिय सभा सदस्यमा एमालेका दङ्गाल र काङ्ग्रेसकि देवकोटा बिजयी

बागमतीमा राष्ट्रिय सभा सदस्यमा एमालेका दङ्गाल र काङ्ग्रेसकि देवकोटा बिजयी

मकवानपुर । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशबाट गीता देवकोटा र प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुन्। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। महिलातर्फ कांग्रेसकी देवकोटा र अन्य समूहबाट एमालेका  दंगाल विजयी भएका हुन् । महिलातर्फ निर्वाचित देवकोटाले प्रदेश सभाबाट ६० मत प्राप्त गर्दै ३ हजार १ सय ८० मतभार हासिल गरिन्। स्थानीय तहबाट १६१ मतसहित ३ हजार ५९ मतभार पाएपछि उनले कुल ६ हजार २ सय ३९ मतभारसहित विजय हासिल गरिन्। अन्य समूहबाट निर्वाचित दंगालले प्रदेश सभातर्फ ५९ मत प्राप्त गरी ३ हजार १ सय २७ मतभार पाए। स्थानीय तहतर्फ १६२ मतसहित ३ हजार ७८ मतभार प्राप्त…
Read More
राष्ट्रियसभा निर्वाचनः बागमतीमा मतदान सम्पन्न, ५ जना अनुपस्थित

राष्ट्रियसभा निर्वाचनः बागमतीमा मतदान सम्पन्न, ५ जना अनुपस्थित

मकवानपुर । राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशको मतदान सकिएको छ । कुल ३३८ मतदाता रहेकोमा ३१८ मत खसेको थियो । स्थानीय तहतर्फ २२९ ले मतदान गरे भने ५ जना अनुपस्थित रहे । स्थानीय तहतर्फ दुधौली नगरपालिका प्रमुख दिनेश अधिकारी, दोलखा बिगु गाउॅंपालिका प्रमुख संजीब ओली, काठमाडौं शंकरापुर नगरपालिकाका प्रमुख रमेश नापित, ललितपुर गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लम्सास अनुपस्थित रहेका थिए । त्यस्तै, प्रदेशसभा तर्फ १०४ मध्य ८९ प्रदेश सभा सदस्यले मतदान गरेका छन् । निर्वाचनमा राप्रपाका १२, हानेपाका २, नेकपा १ जना अनुपस्थित रहेका थिए ।  
Read More
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा

चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा

मकवानपुर । निर्वाचन आयोगले चुनावमा खटिने कर्मचारीहरूका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा गरेको छ । आयोगले चुनावमा खटिने २ लाख १३ हजार १ सय ६१ जना कर्मचारीका लागि जनही २० लाख रुपैयाँको दुर्घटना बीमा गरेको हो । आयोगले मतदान केन्द्र र मतगणनास्थलमा खटिने कर्मचारीहरूका लागि १५ दिन अवधिको बीमा गरेको छ । यस्तै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारी, आयोगका सबै कार्यालयमा काम गर्ने र चुनावका बेला काजमा आउने कर्मचारीहरूका लागि ९० दिन अवधिको बिमा गरेको आयोगले जनाएको छ ।
Read More
राष्ट्रियसभा निर्वाचनः ५० प्रतिशतभन्दा बढी मतदान

राष्ट्रियसभा निर्वाचनः ५० प्रतिशतभन्दा बढी मतदान

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा  १२ः४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने १७ पदका लागि आज बिहान ९ः०० बजेदेखि सुरु भई अपराह्न ३ः०० बजे सम्पन्न हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खसिसकेको हो । अहिलेसम्म कोसी प्रदेशमा ३१३, मधेस प्रदेशमा २२७, बागमती प्रदेशमा २१७, गण्डकी प्रदेशमा १८०, लुम्बिनी प्रदेशमा १६३, कर्णाली प्रदेशमा १४५ र सुदूरपश्चिम प्रदेशमा १८६ मत खसेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । रिक्त हुने १८ पदमध्ये कोसी प्रदेशमा खस–आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो । बाँकी १७…
Read More
लुम्बिनीमा दुई सय ७० जनाले गरे मतदान

लुम्बिनीमा दुई सय ७० जनाले गरे मतदान

मकवानपुर । लुम्बिनी प्रदेशमा जारी राष्ट्रिय सभा निर्वाचनमा हालसम्म २७० जना मतदाताले मतदान गरेका छन् । १ बजेसम्म प्रदेश सभा सदस्यतर्फ ७७ जना र स्थानीय तह सदस्यतर्फ १९३ जनाले मतदान गरेका छन्। प्रदेशसभातर्फ महिला २९ जना र पुरुष ४८ जना गरेर ७२७ जना तथा रहेका स्थानीय तह सदस्यतर्फ महिला ७७ जना र पुरुष ११६ जना गरेर १७८ जनाले मतदान गरेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवरले जानकारी दिनुभएको छ । लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्य र स्थानीय तहतर्फ दुई सय १६ जना गरेर जम्मा दुई सय ९९ जना मतदाता रहेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका…
Read More
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौं  । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु. दुई हजार ४०० र चाँदी रु. दुई सय ९० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु. तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मोल रु. छ हजार ४८० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु. तीन लाख एक हजार ४०० र त्यति नै चाँदीको मोल रु. छ हजार १९० कायम भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र…
Read More
बागमतीमा एक घण्टाभित्र १४३ जनाले गरे मतदान

बागमतीमा एक घण्टाभित्र १४३ जनाले गरे मतदान

मकवानपुर । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा एक घण्टाभित्र १४३ जनाले मतदान गरेका छन् । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहमा प्रमुखरअध्यक्ष तथा उपप्रमुखरउपाध्यक्ष र प्रदेश सभा सदस्य मतदाता छन् । प्रदेश सभाका ११० सदस्यमध्ये ६ जनाले राजीनामा दिएका कारण १०४ मतदाता कायम छन् । यस्तै स्थानीय तहतर्फ २३८ मध्ये एक जना निलम्बन र ३ जनाले राजीनामा दिएका कारण २३४ मतदाता कायम छन् । मतदान सुरु भएको एक घण्टामा स्थानीय तहतर्फ १११ र प्रदेश सभातर्फ ३९ जनाले मतदान गरेका छन् ।
Read More
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवानको मृत्यु

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवानको मृत्यु

दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान मृत भेटिएका छन् । घोराही उपमहानगरपालिका(२ रामपुर निवासी हरी जिसी मृत फेला परेका हुन् । यही माघ ८ गते बिहानको ड्यूटी सकेर स्कुटी लिएर निस्केका जिसी तीन दिनसम्म बेपत्ता भएका थिए । उनको स्कुटी बाटोमा भेटिएको थियो । खोजी गर्दा घोराही उपमहानगरपालिका-१८ घरडौराको जंगलमा उनी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार उनका बुबाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयूमा राखेर उपचार भइरहेको थियो । बिदा माग्दा नपाएपछि उनी तनावमा थिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी दीपक श्रेष्ठले पोस्टमार्टम पूरा भइसकेको र मोबाइलको लक…
Read More
हेटौंडाको माहाशक्ति साबुन कम्पनीको स्टोरमा आगलागी

हेटौंडाको माहाशक्ति साबुन कम्पनीको स्टोरमा आगलागी

मकवानपुर । हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालित महाशक्ति साबुन उद्योगको गोदाममा गएराति भीषण आगलागी भएको छ। उद्योग परिसरमै रहेको तयारी साबुन तथा कच्चा पदार्थ भण्डारण गरिएको गोदाममा अचानक विद्युत् सर्टसर्किट भई आगो सल्किएको हो। आगलागीबाट गोदामभित्र रहेका सम्पूर्ण तयारी सामान, कच्चा पदार्थ र प्याकिङ सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन्। उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीका अनुसार मध्यरातमा सुरु भएको आगोका कारण गोदाममा रहेका कुनै पनि सामान जोगाउन सकिएन। प्रारम्भिक अनुमानअनुसार करिब १० देखि १२ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको उनले बताए। क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। रातिको समयमा आगलागी भएपछि तत्काल नियन्त्रण प्रयास गरिए पनि आगो तीव्र भएकाले…
Read More
राष्ट्रियसभा सदस्य चयनका लागि देशभर मतदान सुरु

राष्ट्रियसभा सदस्य चयनका लागि देशभर मतदान सुरु

मकवानपुर । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको छ । मतदानका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.