Alag Dhar

अमेरिकामा हिउँआँधी : १० लाख घरमा अन्धकार, १३ जनाको मृत्यु

मकवानपुर । अमेरिकामा शक्तिशाली हिमआँधीका कारण जनजीवन प्रभावित बनेको छ ।

टेक्ससदेखि न्यू इङ्गल्याण्डसम्म फैलिएको आँधीले १० लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द गराएको छ भने लुजियाना र टेक्ससमा कम्तीमा तीन जनाको मृत्यु पुष्टि भएको छ।

अहिलेसम्म १० हजारभन्दा बढी उडानहरू रद्द भएका छन् । भर्जिनियामा मात्र २०० भन्दा बढी सवारी दुर्घटनाहरू रिपोर्ट भएका छन्। अमेरिकाको आधाभन्दा बढी जनसंख्या करिब १८ करोड मानिस प्रतिकूल मौसमबाट प्रत्यक्ष प्रभावित भएका छन।

सामान्यतया न्यानो हुने टेक्सस, लुजियाना र टेनेसीमा तापक्रम औसतभन्दा १५–२० डिग्री सेल्सियस तल झरेको छ, जसले स्थानीय बासिन्दालाई थप प्रभावित बनाएको छ। अत्यन्त चिसोका कारण झन्डै आधा राज्यहरूमा सङ्कटकाल घोषणा गरिएको छ।

विद्यालयहरू बन्द भएका छन् भने अमेरिकी सिनेटको सोमबारका लागि तय मतदान समेत रद्द भएको छ। वासिङ्टन डिसीकी मेयर मुरियल बाउजरले यसलाई एक दशककै ठूलो हिमआँधी भनेकी छन्।

यो चिसोको लहर फेब्रुअरीको सुरुसम्म कायम रहने मौसम पूर्वानुमान गरिएको छ।

मुख्य समाचार

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवाग...
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति ...
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ...
भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

काठमाण्डौ । भोटेकोशी बाढीको जोखिम नवलपरासीको सुस्ता क्षेत्रसम्म पर्न सक्ने अनुमान गरिएको छ । बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.