२०८२ माघ १२, सोमबार ०९:४४
२०८२ माघ १२, सोमबार ०९:४४
धनगढी । कैलालीमा श्रीमान्को कुटपिटबाट महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ घर भएर धनगढी–१३ को राजपुरमा डेरा गरी बस्ने सतिङ दाहालले घरायसी विवादमा श्रीमती ३० वर्षीया हिरा दाहाललाई कुटपिट गरेर सोमबार गम्भीर घाइते बनाएका थिए । घाइते दाहाललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियोे तर उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको मृत्यु भएपछि उनका श्रीमान् सतिङलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ ।