Alag Dhar

हेटौंडा सडक विस्तार: आज सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ हुँदै

मकवानपुर । हेटौंडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दा सुनुवाइका लागि पेसी चढेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

रास्वपा नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंसकारसहित ६ जनाले दायर गरेको रिट यसअघि ६ पटक हेर्न नभ्याइने सूचीमा परिसकेको छ । डिभिजन सडक कार्यालय हेटौंडा, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर लगायतका निकायहरूले सडक विस्तार गर्ने प्रक्रिया अघि बढाएपछि सम्पत्तिको अधिकार र मुआब्जाको माग गर्दै मङ्सिर १६ मा स्थानीयहरू सर्वोच्च पुगेका थिए ।

सडक विभाग, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले मङ्सिर ९ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त मुद्दामा मङ्सिर २६ मा पेसी तोक्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश समेत दिएको थियो । मङ्सिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्य आदेश ‘मिसिल झिकाउने आदेश’ जारी गरेको थियो ।

मुख्य समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले चैत १३ मा गृहमन्त्रीको जिम्मेवारी सम्हाले पनि उनको कार्यकाल छोटोमै टुंगिएको छ। ल...
कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा हुँदै गएको थियो, नागरिकले सवक सिकाए : प्रचण्ड

कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा हुँदै गएको थियो, नागरिकले सवक सिकाए : प्रचण्ड

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सत्तामा रहँदा गरेको कमजोरी र विकृतिको सज...
सरकारी गाडीको ठक्करबाट नवलपरासीको सिस्नेमा पैदल यात्रीको ज्यान गयो

सरकारी गाडीको ठक्करबाट नवलपरासीको सिस्नेमा पैदल यात्रीको ज्यान गयो

काठमाण्डौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेमा सरकारी गाडीको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गए...
बजारमा केराको हाहाकार, भाउ आकासियो

बजारमा केराको हाहाकार, भाउ आकासियो

काठमाण्डौं । नेपाली बजारमा केराको अभावसँगै भाउ पनि अत्यधिक बढेको छ । खासगरी भारतीय नाकाबाट अवैध रूपमा आउने गरेको केरा व्यवसायीहर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.