
मकवानपुर । मकवानपुरगढी–५ स्थित कालिवन खानेपानी संस्थाले चौथो साधारणसभा सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। सभाले दिनेश श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ।
नयाँ कार्यसमितिमा उपाध्यक्ष यतिराज आचार्य, सचिव पुण्यप्रसाद दहाल, कोषाध्यक्ष मिना श्रेष्ठ रहेका छन्। सदस्यहरूमा सावित्री घिमिरे, कमला न्यौपाने र चन्द्रकला गोले चयन भएका छन्।
साधारणसभाले रामशरण धितालको संयोजकत्वमा लेखा समिति पनि गठन गरेको छ, जसमा भवानी लामिछाने र हरि दहाल सदस्य रहेका छन्। संस्थाले चालु अवधिमा करिब ३ लाख २२ हजार रुपैयाँ आम्दानी र २ लाख ७९ हजार रुपैयाँ खर्च गरेको जानकारी दिएको छ।
सभामा अध्यक्ष श्रेष्ठले वार्षिक र आगामी योजनासहितको प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष मिना श्रेष्ठले आर्थिक, सचिव पुण्यप्रसाद दहालले प्रगति र लेखा समितिले लेखा प्रतिवेदन प्रस्तुत गरे।
कार्यक्रममा विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, पत्रकार र समाजसेवीहरूले मन्तव्य व्यक्त गरे। साथै, खानेपानी व्यवस्थापन र वितरणमा सहयोग पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।