Alag Dhar

निर्वाचनका लागि भारतद्वारा सुरक्षा सामग्री हस्तान्तरण

काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनार्थ भारत सरकारले नेपाललाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । बिहीवार अर्थ मन्त्रालयमा एक कार्यक्रमबिच भारत सरकारले दङ्गा नियन्त्रण उपकरण र विभिन्न सवारी साधनहरू हस्तान्तरण गरेको हो ।

कार्यक्रममा अर्थमन्त्री खनालले बजेटमा निर्वाचनका लागि पर्याप्त व्यवस्था नभएको अवस्थामा भारतले गरेको यो सहयोगले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताए । मन्त्री खनालले भारतलाई नेपालको ‘फस्र्ट रेस्पोन्डर’ का रूपमा चित्रण गर्दै सन् २०१५ को विनाशकारी भूकम्पको समयमा भारतले देखाएको तदारुकताको स्मरण गरे । जनआन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सवारी साधनहरू क्षतिग्रस्त भएको सन्दर्भमा यी नयाँ सवारी साधनहरूले सुरक्षा निकायको कार्यक्षमता बढाउने विश्वास व्यक्त गरिएको छ ।

अर्थमन्त्रीकाअनुसार यी सामग्रीहरू सरकार आफैंले खरिद गर्नुपरेको भए राज्यलाई ठूलो आर्थिक भार पर्ने थियो । जसलाई भारतीय सहयोगले न्युनिकरण गरेको छ । उनले भने, ‘नेपाललाई संकट पर्दा भारत सधैं पहिलो सहयोगीका रूपमा उभिएको छ, चाहे त्यो भूकम्पको समयमा होस् वा अहिले निर्वाचनको पूर्वसन्ध्यामा ।’

नेपाल र भारतबिचको सम्बन्ध छिमेकी मात्र नभई एक भरपर्दो विकास साझेदारको समेत रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले भविष्यमा यो मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गरे । भारत सरकारले नेपाल सरकारलाई उपहार स्वरुप २ सय ५० ओटा सवारी साधन दिएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ६ सय ५० सवारीमध्ये २५० उपलव्ध गराइएको र बाँकी आगामी साताभित्रै उपलब्ध गराइने भारतीय अधिकारीले बताए । कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले चुनावका लागि लक्षित गरेर भारत सरकारले अनुदानमा दिएका सवारीहरु स्वीकार गरिएको बताए ।

मुख्य समाचार

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक हेटौंडामा सम्पन्न भएको छ। समितिका सभापति आनन्द कुमार श्रेष्ठको...
भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको सबैभन्दा पुरानो र उत्कृष्ट नतिजा दिलाउदै आएको भुटनदेवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजम...
सुनको भाउ  १ हजार ३ सय रुपैयाँले घट्यो

सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ३ सयले घटेर आज तोलाको २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको ने...
पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने स...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.