Alag Dhar

Day: २०८२ माघ १५, बिहीबार १२:१३

पर्सा निकुञ्जमा बाघ गणना थालियो

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड ९ब्लक० मा बाघको गणना आजदेखि थालनी गरिएको छ । यसअघि चितवन र पर्साको दुई खण्डमा बाघको गणना गरेपछि तेस्रो खण्डमा गणना गर्न सुरुवात गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले चितवन–पर्सालाई तीनवटा ब्लकमा बाँडेर बाघ गणना गरिँदै आइरहेको जानकारी दिए । “चितवन–पर्सा राष्ट्रिय निकुञ्जमा तीन ब्लकमा बाँडेर बाघ गणनाको काम भइरहेको छ,” उनले भने, “चितवन–पर्सा क्षेत्रमा दुई खण्डमा बाघको गणनाको काम सकिएको छ । तर त्यसको डाटा प्रशोधनलगायतका काम भने अझैँ बाँकी नै छन्,” उनले भने, “चितवन–पर्साको तेस्रो खण्डको काम गर्नका लागि विभिन्न स्थानमा स्वचालित…
Read More
निर्वाचनका लागि भारतद्वारा सुरक्षा सामग्री हस्तान्तरण

निर्वाचनका लागि भारतद्वारा सुरक्षा सामग्री हस्तान्तरण

काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनार्थ भारत सरकारले नेपाललाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । बिहीवार अर्थ मन्त्रालयमा एक कार्यक्रमबिच भारत सरकारले दङ्गा नियन्त्रण उपकरण र विभिन्न सवारी साधनहरू हस्तान्तरण गरेको हो । कार्यक्रममा अर्थमन्त्री खनालले बजेटमा निर्वाचनका लागि पर्याप्त व्यवस्था नभएको अवस्थामा भारतले गरेको यो सहयोगले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताए । मन्त्री खनालले भारतलाई नेपालको ‘फस्र्ट रेस्पोन्डर’ का रूपमा चित्रण गर्दै सन् २०१५ को विनाशकारी भूकम्पको समयमा भारतले देखाएको तदारुकताको स्मरण गरे । जनआन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सवारी साधनहरू क्षतिग्रस्त भएको सन्दर्भमा यी…
Read More
काठमाडौंको मूलपानीबाट प्रहरीले गोली चलाएर समात्यो १० लुटेरा

काठमाडौंको मूलपानीबाट प्रहरीले गोली चलाएर समात्यो १० लुटेरा

काठमाण्डौं । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानी क्षेत्रमा लुटपाटमा संलग्न १० जनालाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ  । गएराति पक्राउ  गरेको छ । पक्राउ  गर्ने क्रममा प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । पक्राउ गर्ने क्रममा एकजनाले प्रहरीलाई नै मोटरसाईकलले ठक्कर दिएर भाग्ने क्रममा घुँडामुनि गोली हान्नु परेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । त्यस क्षेत्रमा लामो समयदेखि विभिन्न व्यक्तिहरूले मानिसहरूलाई पछ्याएर गहना, नगद तथा अन्य मूल्यवान् सामग्री लुटपाट गर्ने गरेको गुनासो आएपछि प्रहरी त्यहाँ पुगेको हो । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाण्डौमा राखिएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
Read More
एकैदिन तोलामा साढे २० हजारले बढ्यो सुन

एकैदिन तोलामा साढे २० हजारले बढ्यो सुन

मकवानपुर ।  आज सुनको भाउ तोलाको ३ लाख ३९ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ थियो । आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो । यसैगरी, चाँदीको भाउ तोलाको सात हजार ५ सय ५ रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ तोलामा २ सय ५ रुपैयाँ बढेको हो । केही दिनयता सुनचाँदीको भाउ निरन्तर बढिरहेको छ ।
Read More
प्रतिनिधिसभा निर्वाचन : मतदाता शिक्षाका लागि सबै जिल्लामा नमुना मतपत्र

प्रतिनिधिसभा निर्वाचन : मतदाता शिक्षाका लागि सबै जिल्लामा नमुना मतपत्र

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि मतदाता शिक्षा दिन सबै जिल्लामा नमुना मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । कूल १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ भएको र ती मतपत्र मतदाता शिक्षाका लागि सबै जिल्लामा पुगिसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हुम्ला, कालीकोट, जुम्ला, मुगु, डोल्पा जिल्लाका लागि मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको उनले बताए । बाँकी जिल्लाका मतपत्र क्रमशः छपाइ भइरहेको पनि आयोगले जनाएको छ । यही माघ २५ गतेदेखि फागुन ५ गतेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने योजना…
Read More
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने

मकवानपुर । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ र बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ। त्यसैगरी, आज…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.