Alag Dhar

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड ९ब्लक० मा बाघको गणना आजदेखि थालनी गरिएको छ । यसअघि चितवन र पर्साको दुई खण्डमा बाघको गणना गरेपछि तेस्रो खण्डमा गणना गर्न सुरुवात गरिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले चितवन–पर्सालाई तीनवटा ब्लकमा बाँडेर बाघ गणना गरिँदै आइरहेको जानकारी दिए । “चितवन–पर्सा राष्ट्रिय निकुञ्जमा तीन ब्लकमा बाँडेर बाघ गणनाको काम भइरहेको छ,” उनले भने, “चितवन–पर्सा क्षेत्रमा दुई खण्डमा बाघको गणनाको काम सकिएको छ । तर त्यसको डाटा प्रशोधनलगायतका काम भने अझैँ बाँकी नै छन्,” उनले भने, “चितवन–पर्साको तेस्रो खण्डको काम गर्नका लागि विभिन्न स्थानमा स्वचालित क्यामेरा जडानको काम अघि बढेको छ । क्यामेरा जडान कार्य शनिबारसम्म चल्नेछ ।” क्यामेरा जडान गरिसकेपछि १५ दिन र रातको समयमा बाघको ‘मुभमेन्ट’लाई निगरानी गरिनेछ । क्यामेरामा ‘रेकर्ड’ भएको बाघको गतिविधिका आधारमा बाघको सङ्ख्या यकिन गरिनेछ ।

वरिष्ठ इकोलोजिष्ट आचार्यले चितवन र पर्साको पहिलो र दोस्रो खण्डमा देखिएका सबल र दुर्लभ पक्षलाई मध्यनजर गर्दै अझै व्यवस्थित ढङ्गले सबै निकायसँग समन्वय गरेर बाघ गणनाको काम अघि बढाउन निर्देशन दिएका छन् ।

“पहिलो र दोस्रो खण्डमा देखिएका जटिलता र चुनौतीलाई ध्यान दिँदै सरोकारवाला निकायबिच समन्वय र सहकार्य गरेर बाघ गणना कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाउनुहोला,” उनले भने, “बाघ गणनाका लागि स्वचालित क्यामेरा जडानलगायतका कार्यमा पनि संवेदनशील र सुरक्षित उपाय अवलम्बन गर्न जरुरी छ । सोतर्फ ध्यान दिन अनुरोध गर्दछु ।”

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले तेस्रो खण्डको बाघ गणना गर्न १२ क्याम्पबाट सात–सात जनाको टोली खटाइएको जानकारी दिए । “तेस्रो भागको बाघ गणना गर्नका लागि यहाँ सात–सात जनाको टोलीले बाघ आउजाउ र हिँड्डुल गर्ने ठाउँलाई लक्षित गरेर ३२८ जोडा स्वचालित क्यामेरा जडान गरिनेछ,” उनले भने, “ती स्वचालित क्यामेराले १५ दिन र रातको समयमा बाघको गतिविधिलाई कैद गर्नेछ । जसबाट आउने तथ्याङ्कबाट बाघको गणना गर्न सकिनेछ ।”

पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले पर्सा निकुञ्जभित्र पर्ने विभिन्न १२ स्थानमा क्याम्प राखेर बाघ गणनाको काम अघि बढाइएको बताए । क्याम्पमा रहेका टोलीका सदस्यले क्यामेरा जडानदेखि निगरानी लगायतका काम गर्नुपर्नेछ ।

भाठ्ठाको दुई ठाउँमा क्याम्प गराइनेछ । त्यसैगरी शीतलपुर, महादेवपट्टि, अमलेखगञ्ज, चुरियामाई, रातोमाटे, सहजनाथ, निजगढ, चपुर, घोडेमसान, तामागढी लगायतमा सात–सात जनाको टोली खटिएर ३२८ जोडी स्वचालित क्यामेरा जडान गरेर बाघको निगरानी गरिनेछ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि सुरु भएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा गणेश पन्तले चितवन र पर्साको पहिलो र दोस्रो खण्डको बाघ गणनाको काम सकेर क्यामेरा निकालिसकेको बताए । “एक खण्डमा बाघको गणना गर्न राखेको स्वचालित क्यामेरा १५ दिन र रात राखेपछि आवश्यक प्रक्रिया पूरा गरेर निकाल्ने गरिन्छ,” उनले भने, “क्यामेरा जडान गर्न र निकाल्नका लागि औसतमा दुई–तीन दिन लाग्ने गर्छ ।” स्वचालित क्यामेरा ४० देखि ६० सेन्टिमिटरमा राख्ने गरिन्छ ।

उनले बाघ गणनाका लागि सरिक हुने गणकहरुले आफ्नो सुरक्षामा कुनै पनि खालको कमीकमजोरी नगर्नका लागि अनुरोध गरेका छन् । उनले पहिलो र दोस्रो खण्ड बाघ गणनाका क्रममा जङ्गली हात्ती तथा बाघको कारणले २४ वटा क्यामेरामा क्षत पुगेको जानकारी दिए । निकुञ्जका अनुसार पहिलो र दोस्रो खण्डमा गरेर एक हजार २०४ जना स्वचालित क्यामेरा प्रयोग गरिएको थियो ।

संरक्षण अधिकृत हेमराज आचार्यका अनुसार एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखेर बाघ गणना गरिँदै आइरहेको छ । क्यामेरा दुई–दुई वर्गकिलोमिटरको दूरीमा राख्ने गरिन्छ । हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी हुने गर्छन् ।

बाघको तस्बिर हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याउने गरिन्छ । यस अघि सन् २०२२ मा गरिएको बाघ गणनाअनुसार नेपालमा ३५५ वटा बाघ रहेको तथ्याङ्क सार्वजानिक गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा १२८ र पर्सा राष्ट्रिय निकुञ्जमा ४१ बाघ भेट्टिएको थियो । बाँकी अन्य ठाउँमा भेट्टिएका थिए ।

मुख्य समाचार

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको सबैभन्दा पुरानो र उत्कृष्ट नतिजा दिलाउदै आएको भुटनदेवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजम...
सुनको भाउ  १ हजार ३ सय रुपैयाँले घट्यो

सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ३ सयले घटेर आज तोलाको २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको ने...
पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने स...
श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.