Alag Dhar

काठमाडौंको मूलपानीबाट प्रहरीले गोली चलाएर समात्यो १० लुटेरा

काठमाण्डौं । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानी क्षेत्रमा लुटपाटमा संलग्न १० जनालाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ  । गएराति पक्राउ  गरेको छ । पक्राउ  गर्ने क्रममा प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् ।

पक्राउ गर्ने क्रममा एकजनाले प्रहरीलाई नै मोटरसाईकलले ठक्कर दिएर भाग्ने क्रममा घुँडामुनि गोली हान्नु परेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

त्यस क्षेत्रमा लामो समयदेखि विभिन्न व्यक्तिहरूले मानिसहरूलाई पछ्याएर गहना, नगद तथा अन्य मूल्यवान् सामग्री लुटपाट गर्ने गरेको गुनासो आएपछि प्रहरी त्यहाँ पुगेको हो ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाण्डौमा राखिएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

मुख्य समाचार

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.