Alag Dhar

महेश बर्तौलामा झल्को देखे गोकुल बास्कोटा : फागुन २१ प्रतिनिधि सभा निर्वाचन लक्षित ९१७ सदस्यीय परिचालन कमिटी गठन

हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) थाहा नगर कमिटीले आफ्नो चुनावी तयारी तीव्र पारेको छ। शनिबार थाहा नगरस्थित जेसीस हलमा सम्पन्न नगरस्तरीय विस्तारित भेलाले निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बलराम बलको संयोजकत्वमा ९१७ सदस्यीय विशाल ‘निर्वाचन परिचालन कमिटी’ गठन गरेको छ।

भेलाले निर्वाचनका विभिन्न पक्षलाई चुस्त बनाउन निम्न बमोजिम जिम्मेवारी बाँडफाँड गरेको छ। निर्वाचन परिचालन कमिटीको संयोजकमा बलराम बल, सह(संयोजकहरूमा चित्रबहादुर बलामी, अच्युतम ढकाल र कल्पना बलामी तथा सचिवमा सुरेन्द्रमान प्रधान चयन हुनुभएको छ। त्यसैगरी स्वयंसेवक परिचालनको जिम्मेवारी सुमन रायमाझीलाई प्रदान गरिएको छ भने प्रचार कमिटीको जिम्मेवारी सुजन रायमाझीलाई तोकिएको छ। आर्थिक व्यवस्थापनमा बिमल ढकाल संयोजक तथा अनुगमन कमिटीमा बुद्धरत्न मानन्धरको संयोजकत्वमा १७ सदस्यीय कमिटी निर्माण गरिएको छ।

यसका साथै थाहा नगरका १० वटै वडामा निर्वाचन परिचालन कमिटीका संयोजक र सह(संयोजकहरू समेत तोकिएको एमाले निर्वाचन फोकल पर्सन आशिष अस्लामीले जानकारी दिनुभयो।

एमाले नेता गोकुल बास्कोटा प्रमुख अतिथि रहेको भेलामा बास्कोटाले कानुनको अध्ययन र अभ्यास गरेका तथा सुभाष नेम्बाङको झल्को दिने, मृदुभाषी महेश बर्तौला सभामुख, मन्त्री जस्ता जिम्मेवारी सहजै निर्वाह गर्न सक्ने सक्षम व्यक्ति भएको बताउनुभयो। “तपाईंहरू बर्तौलालाई जिताएर पठाउनुहोस्। भूमिकाले र अहिलेको माहोलले बर्तौला जस्ता शिक्षित युवा खोजेको हुँदा यस क्षेत्रको विकासलाई थप सम्बोधन गर्न सक्ने गरी पार्टीले जिम्मेवारी दिनेछ,” उहाँले भन्नुभयो।

कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बर्तौलाले आफूले छोटो कार्यकालमै जनताको सरोकारका विषय संसदमा प्रभावकारी ढंगले उठाएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “म संसद चल्दा संसदभित्र र नचल्दा जनताको दैलोमा छु। थाहा, भीमफेदी र राक्सिराङ जस्ता भूगोलका समस्यालाई सरकारसम्म पुर्‍याउन मैले कुनै कसर बाँकी राखेको छैन।”

एमाले मकवानपुर जिल्ला उपाध्यक्ष हिदम लामाले बर्तौलालाई एमबीबीएस, एमपीए र एलएलबी जस्ता उच्च शिक्षा हासिल गरेका योग्य युवा उम्मेदवारको रूपमा चित्रण गर्नुभयो। उहाँले भन्नुभयो, “जातजाति वा सम्प्रदायका नाममा हुने भ्रमबाट मुक्त हुनुहोस्। थाहा नगरको पहिचान र विकासका लागि बर्तौला नै सबैभन्दा उपयुक्त पात्र हुनुहुन्छ।”

भेलामा नेपाली कांग्रेस परित्याग गर्दै ८६ वर्षीय वीरबहादुर गोले एमाले पार्टीमा प्रवेश गर्नुभएको छ। लामो समय नेपाली कांग्रेसमा आबद्ध रहनुभएका गोलेले एमालेको नीति र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टी प्रवेश गर्नुभएको हो।

भेलामार्फत एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले आगामी माघ २० गते थाहा नगरका सबै वडामा एकैसाथ विस्तारित बैठक आयोजना गर्न निर्देशन दिनुभएको छ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य भारती पाठक, प्रदेश कमिटी सदस्य बलराम बल, जिल्ला उपाध्यक्ष हिदम लामा, नेतृ कल्पना बलामी, रामहरी लामिछाने, अनेमसंघ जिल्ला सचिव सुशीला मल्ल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

मुख्य समाचार

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानल...
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ...
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रह...
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेक...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.