Alag Dhar

Day: २०८२ माघ १८, आईतवार ०९:२६

कञ्चनपुरमा अर्धनग्न अवस्थामा युवती मृत फेला, अनुसन्धान जारी

कञ्चनपुरमा अर्धनग्न अवस्थामा युवती मृत फेला, अनुसन्धान जारी

धनगढी । कञ्चनपुरमा खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको छ । भीमदत्त नगरपालिका–१० को तिल्केनीस्थित शान्ति सामुदायिक वनभित्रको बंग्यादोल खोलामा पहिचान नखुलेकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बेवारिसे अवस्था भेटिएको शव घटनास्थलबाट उठाएर महाकाली प्रादेशिक अस्पतालमा राखिएको बताए । उनकाअनुसार शव सड्न लागेको अवस्थामा भएका कारण पहिचान गर्न असहज भएको छ । शवबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
सुनको भाउ आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घट्यो

सुनको भाउ आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घट्यो

मकवानपुर । सुनको भाउ आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आज सुन तोलाको ३ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो । शुक्रवार घटेर तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि १८ हजार ८ सय रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेर तोलाको ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।…
Read More
हेटौँडा सडक विस्तार विवाद सम्बन्धी मुद्दा अदालतमा सुनुवाइको लागि पेसी तोकियो

हेटौँडा सडक विस्तार विवाद सम्बन्धी मुद्दा अदालतमा सुनुवाइको लागि पेसी तोकियो

मकवानपुर । हेटौँडा बजार क्षेत्रको सडक विस्तार विवाद सम्बन्धी मुद्दाको सुनुवाइ अन्तरिम आदेश जारी भएपछि आठौँ पटक सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । यो मुद्दामा यसअघि एक पटक हेर्न नमिल्ने र ५ पटक हेर्न नभ्याइने र एक पटक मिसिल कागजात झिकाउने आदेश जारी गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंसाकारसहित ६ जनाले रिट दिएका थिए । डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालय मकवानपुर लगायतका निकायहरूले सडक विस्तार गर्ने प्रक्रिया अघि बढाएपछि सम्पत्तिको अधिकार र मुआब्जाको…
Read More
वीरगञ्ज हुँदै ६ महिनामा सात अर्ब ६४ करोड मूल्य बराबरको दलहन आयात

वीरगञ्ज हुँदै ६ महिनामा सात अर्ब ६४ करोड मूल्य बराबरको दलहन आयात

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु सात अर्ब ६४ करोड मूल्यपर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको छ महिनामा रु एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा ३१ प्रतिशतले आयात बढेको बताए । जबकि गत आवको छ महिनामा भने सात थरिका दलहन खाद्यान्न रु पाँच अर्ब ८३ करोडको आयात भएको थियो । चालु आवको छ महिनामा रु तीन अर्ब ८२ करोडको मुसुरो दाल आयात भएको छ । त्यस्तै सोही अवधिमा रु एक…
Read More
महेश बर्तौलामा झल्को देखे गोकुल बास्कोटा : फागुन २१ प्रतिनिधि सभा निर्वाचन लक्षित ९१७ सदस्यीय परिचालन कमिटी गठन

महेश बर्तौलामा झल्को देखे गोकुल बास्कोटा : फागुन २१ प्रतिनिधि सभा निर्वाचन लक्षित ९१७ सदस्यीय परिचालन कमिटी गठन

हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) थाहा नगर कमिटीले आफ्नो चुनावी तयारी तीव्र पारेको छ। शनिबार थाहा नगरस्थित जेसीस हलमा सम्पन्न नगरस्तरीय विस्तारित भेलाले निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बलराम बलको संयोजकत्वमा ९१७ सदस्यीय विशाल ‘निर्वाचन परिचालन कमिटी’ गठन गरेको छ। भेलाले निर्वाचनका विभिन्न पक्षलाई चुस्त बनाउन निम्न बमोजिम जिम्मेवारी बाँडफाँड गरेको छ। निर्वाचन परिचालन कमिटीको संयोजकमा बलराम बल, सह(संयोजकहरूमा चित्रबहादुर बलामी, अच्युतम ढकाल र कल्पना बलामी तथा सचिवमा सुरेन्द्रमान प्रधान चयन हुनुभएको छ। त्यसैगरी स्वयंसेवक परिचालनको जिम्मेवारी सुमन रायमाझीलाई प्रदान गरिएको छ भने प्रचार कमिटीको जिम्मेवारी सुजन रायमाझीलाई तोकिएको…
Read More
भारतमा दूधको मूल्य बढेपछि मकवानपुरका किसानले पाए बजार

भारतमा दूधको मूल्य बढेपछि मकवानपुरका किसानले पाए बजार

हेटौंडा । भारतमा दूधको मूल्य बढेपछि मकवानपुरका दुग्ध उत्पादक किसानले आफ्नो उत्पादनको बजार पाएका छन् । विगतमा भारतीय दूध नेपालीभन्दा सस्तो हुँदा ठूलो परिमाणमा भारतबाट अवैध रूपमा मकवानपुरमा दूध भित्रिने गरेकाले स्थानीय किसानले उत्पादन बिक्री गर्न कठिनाइ भोग्दै आएका थिए । तर यस वर्ष भारतमा दूधको मूल्य नेपाली दूधसरह पुगेपछि अवस्था उल्टिएको छ । अघिल्ला वर्षहरूमा यही मौसममा भारतबाट अवैध रूपमा दूध भित्रिँदा मकवानपुरसहित बागमती प्रदेशका किसानले उत्पादन खपत गर्न नसकेर प्रशोधन उद्योगमा पठाउन बाध्य हुन्थे । कतिपय अवस्थामा दूध बिक्री नभएपछि ‘मिल्क होलिडे’ समेत गर्नुपरेको थियो । तर यस वर्ष भारतमा दूधको मूल्य बढेपछि भारतीय दूध नेपाल भित्रिन बन्द…
Read More
नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न

नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ वटा पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ । योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा अरुण खोला पुलको आठौँ स्पानको ढलान सम्पन्न भएसँगै नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न भएका हुन् । यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ पुल र २५ मिटरभन्दा लामा १२ पुल निर्माण गर्नुपर्ने गरी निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले ठेक्का पाएको थियो । खनालले २२ वटा…
Read More
इन्धन मूल्यमा वृद्धि

इन्धन मूल्यमा वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको जनाएको हो । नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजेलमा प्रतिलिटर केही रुपैयाँ वृद्धि गरिएको छ भने आन्तरिक हवाई इन्धनको मूल्य घटाइएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य काठमाडौं, पोखरा र भैरहवाका लागि फरक–फरक तोकिएको छ । नयाँ खुद्रा बिक्री मूल्य २०८२ माघ १९ गते राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । जसअनुसार बढेर आएको भए पनि हाललाई डिजेल तथा मट्टीतेल ३ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ ।…
Read More
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

मकवानपुर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छभने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो तराई भागका केही स्थानमा कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशलगायत बाँकी हिमाली भागमा आंशिक बादल लाग्नेछ र अन्य भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।…
Read More
प्रत्यक्षतर्फ १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

प्रत्यक्षतर्फ १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ । मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा जारी छ । डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । त्यसैगरी, दैलेख निर्वाचन क्षेत्र नं १ र २, सुर्खेतको १ र २, रुकुमपश्चिम, बाजुरा र अछामको क्षेत्र नं १ र २, कैलाली क्षेत्र नं १, झापा क्षेत्र नं ५ र सुनसरीको क्षेत्र नं १ को प्रत्यक्षतर्फको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.