Alag Dhar

बालेनको  प्रचार कार्यक्रमकै क्रममा ढलेका सिटौलामा ब्रेन हेमरेज

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौला ब्रेन हेमरेजका कारण गम्भीर अवस्थामा उपचाररत छन् । हाल उनी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

सिटौला हिजो अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए । बेहोस भई लड्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको हो ।

अस्पतालको स्रोतका अनुसार सिटौलालाई सब–अरैक्नोइड हेमरेज भएको हो, जुन ब्रेन हेमरेजको गम्भीर प्रकार मानिन्छ। अस्पताल आइपुग्दा उनको चेतनास्तर अत्यन्त न्यून रहेको र अवस्था क्रिटिकल रहेको चिकित्सकले बताएका छन् ।

ञअस्पताल ल्याइनु अघि रहेको स्थानमै करिब ४५ मिनेटसम्म मुटुको चाल बन्द भएको र त्यसपछि सीपीआरमार्फत मुटुको चाल फर्काइएको थियो । लामो समयसम्म मुटुको चाल बन्द भएकाले उपचारको नतिजा जटिल हुन सक्छ । उपचार जारी रहे पनि आगामी ४८ देखि ७२ घण्टा निर्णायक समय रहन्छ, यस अवधिमा चेतनास्तरमा सुधार आएमा थप उपचारको बाटो तय हुनेछ, झ अनलाइनखबरसँगको कुराकानीमा उनको उपचारमा खटिएका एक चिकित्सकले भने ।

यद्यपि, यस्तो गम्भीर अवस्थामा छिट्टै सुधार आउने सम्भावना न्यून हुने चिकित्सकहरूले बताएका छन् ।

सब–अरैक्नोइड हेमरेज प्रायः मस्तिष्कको नसामा भएको एन्युरिज्म ९नसा फुल्नु० फुट्दा हुने गर्छ । यस्तो एन्युरिज्म धेरैजसो व्यक्तिमा पहिलेदेखि नै हुने भए पनि कुनै लक्षण नदेखिने भएकाले समयमै पत्ता लाग्न कठिन हुने चिकित्सकले स्पष्ट पारेका छन् । अचानक रक्तचाप बढ्नु, तनाव वा अन्य कारणले एन्युरिज्म फुट्न सक्ने बताइएको छ।

चिकित्सकका अनुसार अधिकांश केसमा यो रोग ६० वर्षभन्दा माथिका व्यक्तिमा देखिए पनि केही अवस्थामा कम उमेरका व्यक्तिमा पनि देखिने गर्छ ।

हाल सिटौलाको शरीरमा केही न्यून प्रतिक्रिया(रिफ्लेक्स)देखिएकोले चिकित्सक टोलीले उपचार जारी राखी अवस्था मूल्यांकन गरिरहेको छ ।

तर अवस्था अत्यन्त गम्भीर रहेकाले निको हुने वा दीर्घकालीन असरबारे अहिले नै ठोस निष्कर्ष निकाल्न सकिने अवस्था नरहेको अस्पताल स्रोतले जनाएको छ ।

मुख्य समाचार

आज विश्वकप फाइनल: उपाधिका लागि अर्जेन्टिना र स्पेन आमनेसामने

आज विश्वकप फाइनल: उपाधिका लागि अर्जेन्टिना र स्पेन आमनेसामने

काठमाडौं । फिफा विश्वकप फुटबल सन् २०२६ को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिनाबीच खेल...
आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

काठमाण्डौं । देशभर मनसुन सक्रिय छ । अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेक...
तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव अस्वीकार्य : गगन थापा

तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव अस्वीकार्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावप्रति विमति ...
जलविरे दुर्घटनापछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, ३३ जना घाइते

जलविरे दुर्घटनापछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, ३३ जना घाइते

काठमाडौं । जलविरेमा दुईवटा बस र एउटा ट्रक ठोक्किएर दुर्घटना भएपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ । नारायणगढ-मुग्लिन...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.