Alag Dhar

दुर्गा प्रसाईं पक्राउ

मकवानपुर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।

प्रसाईंलाई प्रहरीले शुक्रबार दिउँसो काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी प्रविण धितालका अनुसार प्रसाईंलाई पक्राउ गरिएको छ।

उनीविरूद्ध साइबर ब्युरोमा उजुरी रहेको उनले बताए।

‘उहाँविरूद्ध साइबर ब्युरोमा उजुरी परेपछि पक्राउ गरेको हो,’ एसएसपी धितालले भने।

उनलाई निर्वाचन आयोगको पत्र आएपछि पक्राउ गरिएको ब्युरो प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए।

‘निर्वाचन आयोगबाट आचारसंहिता कार्यान्वयन सम्बन्धमा पत्राचार भएको थियो, त्यही विषयमा बुझ्न ल्याएका छौं, के कस्तो कारबाहीको प्रावधान छ हेर्दैछौं,’ उनले भने।

प्रसाईं पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन्।

मुख्य समाचार

नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालक...
आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

आज ४२ जिल्लामा बाढीको जोखिम साना नदीमा आकस्मिक बहाब बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै ४२ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । म...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.