Alag Dhar

Day: २०८२ माघ २३, शुक्रबार १०:०६

दिनमा १३ लाख मतपत्र

दिनमा १३ लाख मतपत्र

मकवानपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ गरिरहेको छ। केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले प्रत्यक्ष्यतर्फ कुल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा बिहीबार साँझसम्म ८० लाख मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिए। उनले दिनमा १३ लाखसम्म मतपत्र छपाइ भइरहेको र अबको एक सातामा सबै मतपत्र छपाइ सम्पन्न गरी ‘प्याकिङ’को काम गरिने बताए। प्रबन्ध निर्देशक पौडेलले भने, केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ। दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी ‘प्याकिङ’ सम्पन्न गरिसकेको छ।…
Read More
फेसबुकमा रास्वपालाई भोट माग्ने प्रहरी हवल्दारलाई कारबाहीको तयारी

फेसबुकमा रास्वपालाई भोट माग्ने प्रहरी हवल्दारलाई कारबाहीको तयारी

काठमाडौं । सामााजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई भोट मागेपछि एक प्रहरीमाथि कारबाही प्रक्रियाअघि बढाइएको छ । पर्सामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेललाई कारबाही प्रक्रियाअघि बढाइएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार पटेलले राजनीतिक दलको प्रचार गर्दै भोट मागेका थिए । सञ्जालमार्फत भोट मागेको पाइएपछि विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको हो । उनी जिल्ला प्रहरी कार्यालय पर्सा मातहतकै युनिटमा कार्यरत थिए ।
Read More
दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ

मकवानपुर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाईंलाई प्रहरीले शुक्रबार दिउँसो काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी प्रविण धितालका अनुसार प्रसाईंलाई पक्राउ गरिएको छ। उनीविरूद्ध साइबर ब्युरोमा उजुरी रहेको उनले बताए। ‘उहाँविरूद्ध साइबर ब्युरोमा उजुरी परेपछि पक्राउ गरेको हो,’ एसएसपी धितालले भने। उनलाई निर्वाचन आयोगको पत्र आएपछि पक्राउ गरिएको ब्युरो प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए। 'निर्वाचन आयोगबाट आचारसंहिता कार्यान्वयन सम्बन्धमा पत्राचार भएको थियो, त्यही विषयमा बुझ्न ल्याएका छौं, के कस्तो कारबाहीको प्रावधान छ हेर्दैछौं,' उनले भने। प्रसाईं पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन्।
Read More
आइतवारदेखि देशभरका झन्डै साढे ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाईदै

आइतवारदेखि देशभरका झन्डै साढे ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाईदै

मकवानपुर । पर्सि आइतवारदेखि देशभरका झन्डै साढे ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप लगाईदैछ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार कक्षा ६ मा पढ्ने तथा १० वर्ष पुगेका बालिकाहरुलाई खोप लगाईने छ । गएको वर्ष खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्मका छात्रा तथा ११ देखि १४ वर्षका किशोरीलाई पनि खोप दिइनेछ । विद्यालय जाने बालिकालाई विद्यालयमै खोप लगाइनेछ भने विद्यालय नजाने किशोरीलाई नजिकको स्वास्थ्य संस्थाबाट खोप दिइनेछ । खोप अभियान फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । एचपीभी खोपलाई सरकारले नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिसकेको छ । गएको…
Read More
मकवानपुरमा चुनावी तयारी : ४४ उम्मेदवार, ३ लाख १५ हजारभन्दा बढी मतदाता

मकवानपुरमा चुनावी तयारी : ४४ उम्मेदवार, ३ लाख १५ हजारभन्दा बढी मतदाता

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राजनीतिक गतिविधि तीव्र बनेको छ । बागमती प्रदेशको राजधानी हेटौंडासहित बागमती, बकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न वडाहरूमा उम्मेदवार तथा दलहरूको प्रचार–प्रसारले चहलपहल बढाएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मुख्य प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा उत्रिएका छन् । यस्तै उज्यालो नेपाल, श्रम संस्कृति पार्टी, जसपा नेपाल, नेमकिपालगायत दलका युवा उम्मेदवारहरू पनि सक्रिय रूपमा मतदातासमक्ष पुगिरहेका छन् । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्याय (डिना), नेकपा एमालेका रामेश्वर राणा, नेपाली कम्युनिष्ट पार्टीका विजय गौतम,…
Read More
चुनावी प्रचारप्रसार गर्नुअघि दल तथा उम्मेदवारको घोषणापत्र अनिवार्य

चुनावी प्रचारप्रसार गर्नुअघि दल तथा उम्मेदवारको घोषणापत्र अनिवार्य

मकवानपुर । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको छ । आचारसंहिताको दफा ३७ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी त्यसको आधारमा प्रचारप्रसार गर्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाअनुसार आउदो फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार हुने कार्य तालिका छ । तर, आजसम्म आयोगमा कुनै पनि राजनीतिक दलले घोषणापत्र पेश नगरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । निर्वाचन घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेद्वारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था आचारसंहितामा छ । राजनीतिक दल वा निर्वाचित उम्मेदवारले चुनावी घोषणापत्रमा…
Read More
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

मकवानपुर । सुनचाँदीको भाउ आज पनि घटेको छ । सुन आज तोलामा ४ हजार २ सय रुपैयाँले घटेर तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार २ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ तोलामा २ सय ७० रुपैयाँले घटेको छ । चाँदी २ सय ७० रुपैयाँले घटेर तोलाको ४ हजार ७ सय १० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ९ सय ८० रुपैयाँ थियो ।
Read More
तीन दिनसम्म राष्ट्रिय प्रजातन्त्र  दिवस मनाइने

तीन दिनसम्म राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको हो । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति गठन गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहने समितिमा नेपाल सरकारका मन्त्रीहरु, काठमाण्डौ उपत्यकाका सबै नगरपालिकाका मेयरहरु, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु सदस्य हुनुहुन्छ । गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्यसचिव हुनुहुन्छ ।…
Read More
अण्डा अड्किएर एक जनाको मृत्यु

अण्डा अड्किएर एक जनाको मृत्यु

मकवानपुर । काठमाडौंको कोटेश्वरमा अण्डा अड्किएर एक पुरुषको मृत्यु भएको छ। बिहीबार साँझ ७ बजे उसिनेको अण्डा खाँदा अड्किएर एक पुरुषको ज्यान गएको कोटेश्वर प्रहरीले जनाएको छ। विशाल खाजा घरमा खाजा खाइरहेका उनको घाँटीमा अण्डा अड्किएको थियो। ४५ वर्षीय ती पुरुषको खाँदै गर्दा अचेत भएका थिए। उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याइको थियो। डाक्टरले उनलाई मृत घोषित गरेका थिए। उनको सनाखत भने भएको छैन।
Read More
मनहरीमा भएको ट्रक दुर्घटनामा दुईजना घाइते

मनहरीमा भएको ट्रक दुर्घटनामा दुईजना घाइते

मकवानपुर । पूर्व पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरको मनहरी-७ शिविरमा ट्रक दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । घाईते हुनेमा पर्सा वीरगञ्ज महानगरपालिका–३१ बस्ने २७ वर्षीय सन्दिप चौधरी र सहचालक सोही स्थानका २० वर्षीय विशाल चौधरी रहेका छन । दुबैजनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ । शुक्रबार बिहान हेटौंडाबाट चितवन तर्फ लोड गरेको चामल लिइ जाँदै गरेको ना ६ ख ६५७४ नं. को ट्रक ब्रेकफेल भई रोड बाट बायाँ साईडमा पल्टेको थियो । दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी सहायक निरीक्षक बिसुनदेब महत्तोको कमाण्डमा ट्राफिकसहितको ५ जनाको टोली पुगेको थियो । दुर्घटनाग्रस्त ट्रक घटनास्थलमा नै रहेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.