Alag Dhar

दिनमा १३ लाख मतपत्र

मकवानपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ गरिरहेको छ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले प्रत्यक्ष्यतर्फ कुल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा बिहीबार साँझसम्म ८० लाख मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिए।

उनले दिनमा १३ लाखसम्म मतपत्र छपाइ भइरहेको र अबको एक सातामा सबै मतपत्र छपाइ सम्पन्न गरी ‘प्याकिङ’को काम गरिने बताए।

प्रबन्ध निर्देशक पौडेलले भने, केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ। दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी ‘प्याकिङ’ सम्पन्न गरिसकेको छ। प्रत्यक्षतर्फको मतपत्र छपाइ यसै महिनामा सम्पन्न गर्छौं।

उनले समानुपातिकतर्फको मतपत्र यही माघ २५-२६ गतेदेखि ढुवानीको काम सुरु हुने र महिनाको मसान्तसम्म प्रत्यक्षतर्फको मतपत्र छपाइ सकेर फागुनको १-२ गतेसम्म सबै काम सकेर जिल्लामा ढुवानी हुने बताए।

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रका लागि ८० लाख थान मतपत्र छपाइ सम्पन्न भएको जनाइएको छ।

समानुपातिकतर्फको दुई करोड आठ लाख ५४ हजार ८०० प्रति मतपत्र छपाइ सम्पन्न गरी माघ १२ गतेदेखि प्रत्यक्षतर्फको दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ सुरु गरिएको छ।

आगामी फागुन ३ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने निर्वाचन आयोगको योजनाअनुसार केन्द्रले काम गरिरहेका छु, पौडेलले भने।

आयोगले निर्वाचनका लागि आवश्यक पर्ने ३७ प्रकारका सामग्री सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले नै खरिद गर्ने व्यवस्था गरेको जनाइएको छ।

मुख्य समाचार

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.