Alag Dhar

जेलबाट मुक्तिसँगै शिक्षाको आशा, राक्सिराङका लागि बर्तौलाको योजना

मकवानपुर । नेकपा(एमाले) का केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बर्तौलाले राक्सिराङको दीर्घकालीन विकासका लागि लागुऔषधको विकल्पमा शिक्षा र चेतनाको बीउ रोप्नुपर्ने बताएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राक्सिराङ गाउँपालिका वडा नम्बर ७ जुरेथुम र घैयाबारीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

बर्तौलाले आफू संसदमा पुगेपछि सधैं जनमुखी कानुन निर्माणमा केन्द्रित रहेको र रहने प्रतिबद्धता व्यक्त गर्दै भने, “अघिल्लो कार्यकालमा पनि मैले जनपक्षीय आवाज उठाएको छु। आगामी दिनमा सडक, पुल र खानेपानीजस्ता आधारभूत पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छु।”

उनले चितवनको भण्डारादेखि राक्सिराङको सिलिङ्गे हुँदै धादिङ जोड्ने चेपाङ मार्ग तथा ग्याक्पती र सिलिङ्गे खानेपानी आयोजनालाई पूर्णता दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

राक्सिराङमा व्याप्त गरिबीप्रति ध्यानाकर्षण गराउँदै बर्तौलाले बिहान–बेलुकाको हातमुख जोर्न भारी बोक्ने क्रममा कानुनी फन्दामा परेर कारागार पुगेका स्थानीय नागरिकलाई रिहा गरिनुपर्ने मागसमेत गरे।

उनले “यहाँका धेरै नागरिक बाध्यताका कारण जेल जीवन बिताइरहेका छन्, यो गरिबीको उपज हो” भन्दै अब राक्सिराङमा लागुऔषधको खेती होइन, शिक्षा र चेतनाको खेतीमा जोड दिनुपर्ने बताए। बर्तौलाले लंका र भिम्बुङ क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना पनि सार्वजनिक गरे।

कार्यक्रममा संविधानसभा सदस्य तथा एमाले नेता राजाराम स्याङतानले जात र धर्मका नाममा समाज विभाजन गर्ने प्रयासप्रति सचेत रहन आग्रह गरे। यस्तै नेकपा एमालेका नेता गोविन्दराम चेपाङले चेपाङ भाषामै सम्बोधन गर्दै एमालेले यस क्षेत्रमा विद्युतीकरण, स्वास्थ्य र शिक्षामा उल्लेखनीय काम गरेको दाबी गरे।

पछिल्लो समय उम्मेदवार बर्तौला मकवानपुर क्षेत्र नम्बर २ का विभिन्न गाउँ–टोलमा जनता सङ्ग निर्वाचन भेटघाट कार्यक्रममा व्यस्त रहेका छन्।

मुख्य समाचार

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवाग...
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति ...
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ...
भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

काठमाण्डौ । भोटेकोशी बाढीको जोखिम नवलपरासीको सुस्ता क्षेत्रसम्म पर्न सक्ने अनुमान गरिएको छ । बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.