Alag Dhar

काठमाण्डौमा वायु प्रदूषण बढ्यो : अस्वस्थकर तहमा पुगेकाले सावधानी अपनाउन आग्रह

काठमाडौं । काठमाण्डौमा वायु प्रदूषण बढेको छ । एअर क्वालिटी इन्डेक्स (एक्यूआई) अर्थात् वायुको गुणस्तरको सूचकाङ्क निगरानी गर्ने निकायका अनुसार आज बिहान पौने ११ बजे काठमाण्डौमा वायुको गुणस्तर अस्वस्थकर तहमा पुगेको छ ।

त्यसबेला वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १९० पुगेको छ । जबकि एक्यूआई १५० नाघ्नुलाई अस्वस्थ मानिन्छ । इन्डेक्सअनुसार ० देखि ५० सम्मको सूचकांकलाई राम्रो मानिन्छ । ५१ देखि १०० सम्मलाई मध्यम, १०१ देखि १५० सम्मलाई संवेदनशील समूहका लागि अस्वस्थ अनि १५१ देखि २०० सम्म अस्वस्थ मानिन्छ । बिहान पौने ११ बजे काठमाण्डौ विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये पाँचौ‌ स्थानमा छ ।

त्यस्तै बङ्गलादेशको ढाका २८४ सहित पहिलो स्थानमा र छिमेकी भारतको दिल्ली २७४ सहित दोश्रो स्थानमा छ । पानी नपर्नु, मौसम सुक्खा हुनु, वनजंगलमा डढेलो लाग्नु, हावा नचल्नु, उद्योग–कलकारखाना, गाडीको धुँवा, कृषि अवशेष जलाउनु तथा अन्य कारणले वायु प्रदूषण बढेको हो ।

पानी पर्ने तत्काल सम्भावना नरहेकाले प्रदूषण अझ बढ्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा हरेक वर्ष हिउँदमा वायु प्रदूषण उच्च हुने गर्छ । वायु प्रदूषणले श्वासप्रश्वासको समस्या मात्र नभई मुटुरोग, मस्तिष्क रोगको जटिलता ल्याउने डाक्टरको भनाइ छ ।

वायु प्रदूषण बढी भएका बेला दिर्घरोगी, बालबालिका र वृद्धवृद्धालाई अझ समस्या हुने भएकाले सावधानी अपनाउन, घरबाट बाहिर निस्कदा मास्क लगाउन विज्ञको सल्लाह छ ।

मुख्य समाचार

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

पुरिएका व्यक्तिको खोजीमा ‘स्निफर डग’, बेपत्ताको खोजी गर्न ‘ड्रोन’ परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ । “रसुवाग...
भोटेकोसी बाढी : सातजनाको शव भेटियो

भोटेकोसी बाढी : सातजनाको शव भेटियो

काठमाडौं । रसुवा, नुवाकोट नदी किनारमा अहिलेसम्म सातजनाको शव फेला परेको छ । बुधबार भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति ...
सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले गर्‍यो विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले ...
भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान

काठमाण्डौ । भोटेकोशी बाढीको जोखिम नवलपरासीको सुस्ता क्षेत्रसम्म पर्न सक्ने अनुमान गरिएको छ । बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.