Alag Dhar

ट्रक–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ पिप्ले स्थित कान्तिलोकपथ सडक खण्डमा शनिबार राति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । विहिवार राति करिब ९:५० बजेको समयमा सडक छेउमा पार्किङ गरी राखिएको ना ५ ख १८६१ नम्बरको रड लोड भएको ट्रकमा सानोपोखराबाट पिप्लेतर्फ जाँदै गरेको ना २९ प ७०७२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई स्थानीयले तत्काल उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याएलगत्तै राति १०:०० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । सुरुमा पहिचान नखुलेका मृतक हेटौंडा उपमहानगरपालिका–५ पिप्ले ढुङ्गेधारा बस्ने वर्ष ३५र३६ का सुवास थिङ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल, ट्रक र ट्रक चालक स्याङ्जाको वालिङ नगरपालिका–२ बस्ने वर्ष ५५ का किसनबहादुर सार्कीलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चालक र सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको वडा प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.