Alag Dhar

निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार आज ५ लाख मतपत्र मात्र छाप्न बाँकी छ । ती पाँच लाख मतपत्र बागमती प्रदेशका हुन् । ती आजै छापिसक्ने उनले बताए ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक पौडेलले भने, ‘प्रत्यक्षतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । प्रत्यक्ष तर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको पाँच लाख मतपत्र छपाइ आज दिनभरमा सक्छौं, ४२ दिनको कार्यतालिका लिएर मतपत्र छपाइ सुरु गरेका थियौं, आज ४० दिनमै सकिँदैछ ।’

आज छपाइ सकिएपछि मतपत्र प्याकिङ सकेर बाँकी जिल्लामा ढुवानी गर्ने जानकारी उनले दिए ।

दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गरी लक्ष्यभन्दा अगाडि नै मतपत्र छपाइ गरिएको बताउँदै केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ । दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरी जिल्ला जिल्ला पठाउने कार्य भइरहेको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक पौडेलले कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १२ गतेसम्म पुर्याउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।

मुख्य समाचार

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार बजेट विनियोजन गरेको छ । आर्थिक...
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रममार्फत प्रदेशभित्र बसोबास गर्ने अतिविपन्न परिवारलाई घर बनाइदिन...
बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

बागमतीको कानुन मन्त्रालयलाई ७२ करोड बजेट विनियोजन

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका लागि ७२ करोड रुपैयाँ बजेट...
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

काठमाण्डौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफल शुरू भएको छ । आजको बैठकमा ९ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि साम...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.