Alag Dhar

आज ग्याल्पो ल्होसार मनाइँदै

मकवानपुर । शेर्पा समुदायले आज विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ ग्याल्पो ल्होसार पर्व उल्लासपूर्वक मनाइरहेका छन्।

‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भएकाले शेर्पा समुदायले यस पर्वलाई नयाँ वर्षका रूपमा मनाउने गर्छन्। यस अवसरमा शेर्पा समुदायले गाउँघर, टोलका बाटोघाटो र पानीका मुहानहरू सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाएर बनाइने गुथुक तथा खाप्से जस्ता परिकार खाने र आपसमा शुभकामना साटासाट गर्ने परम्परा रहेको छ। यो पर्वलाई पारिवारिक तथा सामाजिक सम्बन्ध सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा लिने गरिन्छ।

नेपालका हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय तथा महायान बौद्ध परम्परा मान्नेहरूले चन्द्र पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वासका साथ ग्याल्पो ल्होसार मनाउँछन्।

यस क्रममा स्याब्रु नृत्य, तुङ्गना (डम्याङ)  को मधुर धुन र सामूहिक उत्सवले पर्वलाई अझ विशेष बनाउने गर्दछ। ग्याल्पो ल्होसारले समाजमा नयाँ आशा, उमङ्ग र उत्साह ल्याउनुका साथै आपसी प्रेम, सद्भाव, भाइचारा र एकताको भावना बलियो बनाउने विश्वास गरिन्छ।

साथै, गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशिर्वाद लिने, खाप्से, डेशिल र गुथुक जस्ता परिकारको स्वाद लिने तथा परिवारसँग रमाइलो समय बिताउने परम्पराले यस पर्वलाई नेपाली सांस्कृतिक पहिचानको महत्वपूर्ण अंग बनाएको छ।

मुख्य समाचार

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.