Alag Dhar

Day: २०८२ फाल्गुन ६, बुधबार ०७:४६

पशुपतिनाथ क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ

पशुपतिनाथ क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ

मकवानपुर । पशुपतिनाथ क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन्। महाशिवरात्रीमा पशुपतिनाथ क्षेत्रमा एक प्रहरीमाथि युवकले कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो। ती युवकलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए। ती युवक मकवानपुर ठुलदमार स्थाई घर भई हाल काठमाडौं महानगरपालिका-१३ बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेको खुलेको छ। भिडिओ भाइरल भएपछि काठमाडौं प्रहरी परिसरले सूचना नै जारी गरी ती युवकबारे जानकारी दिन आह्वान गरेको थियो। श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
घट्यो सुनको मुल्य

घट्यो सुनको मुल्य

मकवानपुर । आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा आज सुन तोलामा एक हजार ५०० ले घटेको छ भने चाँदी रु पाँचले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ४०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८८० निर्धारण भएको छ। हिजो मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८८५ निर्धारण भएको छ। गत सोमबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल रु चार…
Read More
विश्वकपमा बाह्र वर्षपछि नेपालको जित

विश्वकपमा बाह्र वर्षपछि नेपालको जित

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले सङ्कटका समयमा अविजित अर्धशतकीय पालि खेलेपछि आइसिसी टी–२० विश्वकप २०२६ मा नेपालले मङ्गलबार स्कटल्यान्डलाई सात विकेटले हराएको छ । सुरुका तीन खेल हारेपछि सुपर आठको होडबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा सान्त्वना जित प्राप्त गरेको हो । विश्वकप यात्राको अन्त्य सुखद रूपमा गरेको नेपालले आफ्नो प्रतिष्ठा पनि जोगाएको छ । नेपालले १२ वर्षपछि टी–२० विश्वकपमा जित प्राप्त गरेको हो । सन् २०१४ मा बङ्गलादेशमा पहिलो पटक टी–२० विश्वकप खेल्दा नेपालले तीनमध्ये दुई खेल जितेको थियो । पहिलो सहभागितामा अफगानिस्तानलाई हराएपछि नेपालले पहिलो पटक विश्वकपमा जितको स्वाद चाखेको हो । बङ्गलादेशमा खेलेपछि १० वर्षपछि टी–२० विश्वकपमा सहभागिता जनाएको…
Read More
आज ग्याल्पो ल्होसार मनाइँदै

आज ग्याल्पो ल्होसार मनाइँदै

मकवानपुर । शेर्पा समुदायले आज विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ ग्याल्पो ल्होसार पर्व उल्लासपूर्वक मनाइरहेका छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भएकाले शेर्पा समुदायले यस पर्वलाई नयाँ वर्षका रूपमा मनाउने गर्छन्। यस अवसरमा शेर्पा समुदायले गाउँघर, टोलका बाटोघाटो र पानीका मुहानहरू सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाएर बनाइने गुथुक तथा खाप्से जस्ता परिकार खाने र आपसमा शुभकामना साटासाट गर्ने परम्परा रहेको छ। यो पर्वलाई पारिवारिक तथा सामाजिक सम्बन्ध सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा लिने गरिन्छ। नेपालका हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय तथा महायान बौद्ध परम्परा मान्नेहरूले चन्द्र पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष…
Read More
हेटौँडामा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु

हेटौँडामा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु

हेटौँडा । हेटौँडा–४ पारिजातपथस्थित सानिमा बैंक अगाडि सडक छेउमा अचेत अवस्थामा फेला परेका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार राती ८ बजेर ५० मिनेटको समयमा हाल नाम थर खुलेको अन्दाजी ४५ वर्षीय पुरुष सडक किनारामा अचेत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । उनलाई उद्धार गरि उपचारका लागि हेटाँैडा अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको राती ९ बजेर ५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ । बाहिरी चोटपटक नदेखिएको र घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Read More
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ १८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको…
Read More
बनेपामा टिपरको ठक्करबाट एक जनाको मृत्यु, टिपरमा आगजनी

बनेपामा टिपरको ठक्करबाट एक जनाको मृत्यु, टिपरमा आगजनी

काठमाडौं । काभ्रेको बनेपामा बुधबार टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेल नगरपालिका–८ घर भएर बनेपा बस्ने ३१ वर्षीय ओभन प्रधान छन् । दुर्घटनापछि स्थानीयले बागमती प्रदेश–०१–००४ क ३४२३ नम्बरको टिपरमा आगजनी गरेका छन् । सो टिपरले बागमती प्रदेश–०२९–०६३ प १९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । सूर्यबिनायक-बनेपा सडक खण्डको बाटो निर्माणमा प्रयोग गरिएको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रबिन विष्टले बताए । टिपरले बनेपाबाट साँगातिर जाँदै गरेका स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनापछि स्थानीयले सड्क अवरुद्ध गरेका छन् ।  
Read More
आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्ने भएको छ । बिहान ११ः०० बजे बस्नेगरी बैठक आह्वान भएको हो । बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
Read More
अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ तोकिएको छ । अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.