Alag Dhar

मतदाताको उत्साहले जित सुनिश्चित छ ः राना

हेटौंडा । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार रामेश्वर रानाले चुनावी घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । शुक्रबार (आज) उनले यस क्षेत्रमा पर्ने हेटौंडा उपमहानगरपालिका–४ र १० नम्बर वडाका मतदातामाझ पुगेर भेटघाट गरेका हुन् ।
हेटौंडा–४ कर्राचोकबाट सुरु भएको घरदैलो कार्यक्रममा रानाले स्थानीयसँग प्रत्यक्ष संवाद गरेका हुन् । एमालेका शालीन नेताका रूपमा परिचित रानाको उपस्थितिले मतदातामा उत्साह थपिएको स्थानीयको भनाइ छ । आजै दिउँसो हेटौंडा–१० न्यरेनी, भुटनदेवी रोड, बसपार्क लगायत क्षेत्रमा पुगेका रानालाई घडा थापेर, फूलमाला र टीका लगाएर स्वागत गरिएको थियो ।
मतदाता भेटघाटका क्रममा रानाले मकवानपुर क्षेत्र नम्बर १ मा एमालेकै जित सुनिश्चित रहेको दाबी गरे। आफ्नो उम्मेदवारीप्रति देखिएको उत्साह नै जितको बलियो आधार भएको उनले बताए । “म घरदैलोमा पुग्दा मतदाताहरू हातमा माला र अबिर बोकेर ढोकामा कुरेर बस्नुभएको हुन्छ,” उनले भने, “मतदाताको मायाले नै उम्मेदवार जित्छ। मलाई देखाइएको माया, सद्भाव र साथले एमाले विजयी हुन्छ भन्नेमा कुनै दुविधा छैन।”

रानाले पछिल्लो समय केही निर्वाचन क्षेत्रमा नयाँ पार्टीको चर्चा चले पनि मकवानपुरमा त्यस्तो अवस्था नरहेको जिकिर गरे । कसैले नचिनेका अनुहार, मतदातामाझ आफ्नो एजेण्डा स्पष्ट रूपमा प्रस्तुत गर्न नसक्ने र भूगोल नबुझेका उम्मेदवारलाई मकवानपुरवासीले मत नदिने उनको भनाइ छ ।
मकवानपुर–१ अन्तर्गतका वडाहरूमा भ्रमण गर्दा एमालेको माहोल सकारात्मक रहेको उनले बताए। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन उम्मेदवार कमल थापालाई एमालेले दिएको मत परिणामलाई आधार बनाएर अरू दलले जित्ने भ्रम फैलाए पनि त्यसले कुनै असर नपर्ने उनको तर्क छ । मकवानपुरको विकासका लागि आफूले गरेको योगदानलाई मतदाताले मूल्यांकन गर्ने विश्वास व्यक्त गर्दै उनले सूर्य न्हमा मतदान गर्न आग्रह गरे ।
रामेश्वर राना नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इञ्चार्जसमेत हुन् । पञ्चायतकालदेखि विभिन्न तहमा सक्रिय रहँदै आएका राना बौद्धिक, शालीन र बेदाग छविका नेताका रूपमा परिचित छन् । कार्यक्रममा उनले आगामी पाँच वर्षसम्म आफ्नो मतको कदर गर्ने प्रतिबद्धतासहित सूर्य चुनाव चिन्हमा मतदान गर्न अपिल गरे ।

मुख्य समाचार

सुनको भाउ आज एकैदिन साढे ९ हजारले घट्यो

सुनको भाउ आज एकैदिन साढे ९ हजारले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँले घटेको  छ । आज सुन ३ लाख ९ हजार रुपैयाँमा का...
सरकारका प्रवक्ताले भने– अफवाहको पछि नलागौँ, आधिकारिक सूचना मात्र लिनुहोला

सरकारका प्रवक्ताले भने– अफवाहको पछि नलागौँ, आधिकारिक सूचना मात्र लिनुहोला

काठमाडौं । सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले हल्ला र अफवाहबाट बच्न आग्रह गरेका छन् । उनले आधिकारिक सूचना र...
रसुवा बाढीबाट ज्यान गुमाउनेको संख्या ४६९ पुग्यो

रसुवा बाढीबाट ज्यान गुमाउनेको संख्या ४६९ पुग्यो

काठमाण्डौ ।  रसुवाको भोटेकोसी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ४६९ जना पुगेको छ । प्रहरीले दिए...
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाण्डौ । प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले भोलिदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित ग...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.