Alag Dhar

Day: २०८२ फाल्गुन १५, शुक्रबार १३:५६

मतदाताको उत्साहले जित सुनिश्चित छ ः राना

हेटौंडा । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार रामेश्वर रानाले चुनावी घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । शुक्रबार (आज) उनले यस क्षेत्रमा पर्ने हेटौंडा उपमहानगरपालिका–४ र १० नम्बर वडाका मतदातामाझ पुगेर भेटघाट गरेका हुन् । हेटौंडा–४ कर्राचोकबाट सुरु भएको घरदैलो कार्यक्रममा रानाले स्थानीयसँग प्रत्यक्ष संवाद गरेका हुन् । एमालेका शालीन नेताका रूपमा परिचित रानाको उपस्थितिले मतदातामा उत्साह थपिएको स्थानीयको भनाइ छ । आजै दिउँसो हेटौंडा–१० न्यरेनी, भुटनदेवी रोड, बसपार्क लगायत क्षेत्रमा पुगेका रानालाई घडा थापेर, फूलमाला र टीका लगाएर स्वागत गरिएको थियो । मतदाता भेटघाटका क्रममा रानाले मकवानपुर…
Read More

हेटौंडामा बालेनको तस्वीर अंकित टिर्सट  प्रशासनद्वारा जफत

हेटौंडा : फागु पूर्णिमा (होली) पर्वलाई लक्षित गर्दे विक्री वितरणका लागि राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह (बालेन्द्र) को तस्वीर अंकित टिर्सट जिल्ला प्रशासन कार्यालय मकवानपुरले जफत गरेको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमख जिल्ला अधिकारी मोहनराज जोशीसहितको टोलीले अनुगमनको क्रममा हेटौडा बजार क्षेत्रमा विक्री वितरणका लागि राखिएको रास्वपाका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन शाहकोे तस्वीर अंकित टिसर्ट फेला पारी जफत गरेको हो । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै होली पर्वका नाममा उम्मेदवारको तस्वीर अंकित टिसर्ट विक्री वितरणको लागि राखिएको र उक्त कार्य निर्वाचन आचारसंहिताको विपरित भएको…
Read More
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

मकवानपुर । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मूल्य बढेको छ। हिजोको तुलनामा सून पाँच सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ९ सय कायम भएको छ भने चाँदी प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला तीन लाख १५ हजार ४ सय र चाँदी प्रतितोला पाँच हजार ७ सय २५ रुपैयाँ निर्धारण भएको थियो। गत बुधबार छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ९ सय र एक तोला चाँदीको पाँच हजार ५ सय…
Read More
टिपरमा करेन्ट लाग्दा चालकको मृत्यु

टिपरमा करेन्ट लाग्दा चालकको मृत्यु

मकवानपुर । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा टिपर सफा गर्ने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सन्तोष साह रहेका छन्। टिपर सफा गरेर पानी फाल्ने क्रममा टिपरको ढाला उठाउँदा पछाडिको भाग हाइटेन्सन तारमा छोएर करेन्ट लागेको थियो। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीका अनुसार टिपमा आगो लागेको थियो। करेन्ट लागेको थाहा पाएपछि चालक साहले हाम फाले पनि उनी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल स्थानीय अस्पताल पुर्‍याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक साह लामो समयदेखि चालकको रूपमा सोही टिपरमा कार्यरत रहेका थिए। घटनाबारे इलाका प्रहरी कार्यालय गोलबजारले अनुसन्धान गरिरहेको छ।
Read More
गएराति बस र ट्रक एकआपसमा ठोक्किँदा १४ जना घाइते

गएराति बस र ट्रक एकआपसमा ठोक्किँदा १४ जना घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–९ रजैया स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति बस र ट्रक एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । शुक्रबार राति करिब ११ः४० बजे हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०४१५ नम्बरको चामल बोकेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ ख ४७६८ नम्बरको यात्रुबाहक बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौंडा पठाएको थियो । प्रहरीका अनुसार दुर्घटनामा २ जना मध्यम र १२ जना सामान्य गरी कुल १४ जना घाइते भएका छन् । उनीहरूको हेटौंडास्थित सीएमसी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.