Alag Dhar

हेटौंडामा बालेनको तस्वीर अंकित टिर्सट  प्रशासनद्वारा जफत


हेटौंडा : फागु पूर्णिमा (होली) पर्वलाई लक्षित गर्दे विक्री वितरणका लागि राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह (बालेन्द्र) को तस्वीर अंकित टिर्सट जिल्ला प्रशासन कार्यालय मकवानपुरले जफत गरेको छ ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमख जिल्ला अधिकारी मोहनराज जोशीसहितको टोलीले अनुगमनको क्रममा हेटौडा बजार क्षेत्रमा विक्री वितरणका लागि राखिएको रास्वपाका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन शाहकोे तस्वीर अंकित टिसर्ट फेला पारी जफत गरेको हो ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै होली पर्वका नाममा उम्मेदवारको तस्वीर अंकित टिसर्ट विक्री वितरणको लागि राखिएको र उक्त कार्य निर्वाचन आचारसंहिताको विपरित भएको हुनाले जफत गरिएको सहायक प्रमख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । उक्त टिर्सटहरु के गर्ने र विक्री वितरण गर्नेहरुलाई कस्तो कारवार्ही गर्ने भन्ने विषयमा आज निर्वाचन आचारसंहिता अनुगमन समितिको वैठक बसी निर्णय गरिने बताइएको छ ।

मुख्य समाचार

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.