Alag Dhar

इरानमाथि इजरायली आक्रमण : तेहरानमा शक्तिशाली विस्फोट

मकवानपुर । इरानको राजधानी तेहरानको मध्य भागमा तीनवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन् ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार तेहरानको रिपब्लिक (जम्हुरी)  क्षेत्रमा कैयौँ क्षेप्यास्त्र प्रहार भएको र जम्हुरी स्क्वायर तथा हसन अवाद स्क्वायरको आकाशमा धुवाँको मुस्लो उडेका तस्बिरहरू सार्वजनिक भएका छन् ।

इरानको राज्य समर्थित फार्स न्युज एजेन्सीले तेहरानको उत्तरी र पूर्वी भागमा समेत थप नयाँ विस्फोटका आवाजहरू सुनिएको जनाएको छ ।

तेहरानमा विस्फोटका खबरहरू बाहिरिएलगत्तै इजरायलले इरानमाथि प्रि-एम्प्टिभु (अग्रिम)  आक्रमण सुरु गरेको घोषणा गरेको छ ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायल राष्ट्रविरुद्धको खतरालाई निस्तेज पार्न यो कदम चालिएको बताएका छन् ।

यस आक्रमणसँगै रक्षामन्त्री काट्जले इजरायलभर ‘विशेष र स्थायी आपतकालीन अवस्था’ लागू गरिएको घोषणा गरेका छन् ।

इरानमा आक्रमण सुरु भएसँगै इजरायलमा पनि सम्भावित जवाफी क्षेप्यास्त्र प्रहारको खतरालाई मध्यनजर गर्दै स्थानीय समयअनुसार बिहान ८ : १५ बजे इजरायलभर साइरन बजाइएको थियो ।

इरानले भने कुनै पनि आक्रमणको कडा बलका साथ जवाफ दिने चेतावनी यसअघि नै दिइसकेको छ । यो पछिल्लो सैन्य टकराव अमेरिका र इरानबीच आणविक कार्यक्रम रोक्ने र सम्भावित युद्ध टार्ने उद्देश्यले भइरहेको कूटनीतिक प्रयासकै बीच भएको बीबीसीले जनाएको छ ।

आगामी साता पनि यससम्बन्धी वार्ता जारी रहने अपेक्षा गरिएको थियो । वार्तामा इरानले केही लचिलोपन देखाए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छलफलको दिशाप्रति आफू सन्तुष्ट नरहेको हिजो मात्र बताएका थिए ।

ट्रम्पले सन् २००३ को इराक युद्धपछि मध्यपूर्वमा सबैभन्दा ठूलो अमेरिकी सैन्य उपस्थिति बढाउन आदेश दिएका छन्, यद्यपि अहिले नै सैन्य कारबाही किन आवश्यक पर्‍यो भन्ने बारे खासै स्पष्ट पारेका छैनन् ।

उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम आफ्नो देशका लागि ठूलो खतरा रहेको भन्दै आणविक कार्यक्रममा मात्र केन्द्रित हुने कुनै पनि सम्झौताको विरोध गर्दै आएका थिए ।

तर इरानले भने आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्ने तथा गाजाको हमास, लेबनानको हिजबुल्लाह, इराकका लडाकु समूह र यमनका हुथी विद्रोहीलाई दिँदै आएको समर्थन रोक्ने अमेरिकी तथा इजरायली मागलाई आफ्नो सार्वभौमसत्ताको उल्लङ्घन भन्दै अस्वीकार गर्दै आएको छ ।

यसअघि गत जुन महिनामा पनि इजरायलले इरानमाथि आक्रमण गर्दा १२ दिने युद्धु सुरु भएको थियो । उक्त द्वन्द्वमा पछि अमेरिका पनि जोडिएर इरानका आणविक केन्द्रहरूलाई निशाना बनाएको थियो ।

अहिले फेरि सुरु भएको यो आक्रमणले मध्यपूर्वमा अर्को ठूलो युद्धको खतरा बढाएको छ ।

मुख्य समाचार

कांग्रेस मकवानपुरले प्रशासनमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

कांग्रेस मकवानपुरले प्रशासनमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

हेटौँडा । सरकारका तर्फबाट अनुचित गतिविधिहरु सुधार गर्न भन्दै नेपाली कांग्रेस मकवानपुरले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्र...
भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री मोदीका लागि ठूलो चुनौती

भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री मोदीका लागि ठूलो चुनौती

काठमाडौं । भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीका लागि ठूलो चुनौतीको विषय बनेको छ । भारतीय प्रहरील...
आज ११ जिल्लाका साना नदीमा बाढीको मध्यम जोखिम

आज ११ जिल्लाका साना नदीमा बाढीको मध्यम जोखिम

काठमाण्डौ । आज ११ जिल्लामा बाढीको मध्यम जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको सूचना अनुसार झापा, उदयपुर, मकवान...
विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू

विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू

काठमाण्डौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू गरेको छ । फिफाको अन...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.